पथरी (मोरङ), १० जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्ने बताउनुभएको छ ।
आज विराटनगरमा सञ्चारकर्मीस“ग कुरा गर्दै उहाँले संविधान संशोधनका लागि सत्ता र प्रतिपक्षबीच सहमति आवश्यक रहेको बताउनुभयो । उहाँले दोस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टी समर्थित जनता, नेता तथा कार्यकर्ताले स्वतन्त्ररुपमा मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री गच्छदारले नेपाल लोकतान्त्रिक फोरम नै राजपाका नेता, कार्यकर्ता र जनताका लागि सहज भएकोले दोस्रोचरणको चुनावमा उनीहरुले आप्mनै पार्टीलाई भोट दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले तेस्रोचरणको चुनावमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले मतपत्र पुनः छाप्दा राज्यलाई आर्थिक क्षति व्यहोरिनुपर्ने हुन्छ तर मुलुकको समस्या समाधानका लागि आवश्यक भएको उहाँको भनाइ छ । रासस
Saturday, June 24, 2017
संविधानलाई सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लग्नुपर्छ :उपप्रधानमन्त्री गच्छदार
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment