Friday, June 23, 2017

उम्मेदवारको अवस्था अझै अज्ञात

इलाम, ९ असार । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बन्नुभएका राई आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि उहाँ अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ, माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले बताउनुभयो ।

बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts