Sunday, June 25, 2017

एमालेको जितलाई कसैले रोक्न सक्दैन : महासचिव पोखरेल

भोजपुर, ११ असार । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेकपा एमाले, भोजपुर नगर कमिटीले शनिबार अपराह्न आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले स्थानीय तहको निर्वाचनमा पहिलो चरणको भन्दा अझ बहुमत ल्याएर विजयी हुने दाबी गर्नुभयो ।

महासचिव पोखरेलले भोजपुरको समग्र विकासका लागि योजना बनाएर एमाले अघि बढ्नेछ भन्नुभयो ।
सभामा एमालेका पोलिटब्युरो सदस्य शेरधन राई, भोजपुर नगर प्रमुख पदका उम्मेदवार गणेश श्रेष्ठ र उपप्रमुख पदकी उम्मेदवार ममिता राईले आफ्ना प्रतिबद्धता राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts