Monday, July 31, 2017

प्रदेश नम्बर २ मा मधेशी दलसँग गठबन्धन हुन सक्ने : अध्यक्ष दाहाल

मोनोरेल सञ्चालनका लागि पहल

काठमाडौँ, १६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग ललितपुर महानगरपालिकाका पदाधिकारीले काठमाडौँ उपत्यकामा मोनोरेल सञ्चालन गर्ने महत्वाकांक्षी योजनाका सम्बन्धमा छलफल गर्नुभएको छ ।

महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र उपप्रमुख गीता सत्याल, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र उपप्रमुख मुना अधिकारीसहितको टोलीले उपत्यकामा आधुनिक र सहज यातायात पूर्वाधार निर्माण सम्बन्धमा प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।

प्रधानमन्त्री कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री देउवाले उपत्यकामा चरणबद्ध रुपमा भौतिक पूर्वाधार सुधारका कार्य हँुदै जाने र सरकारका तर्फबाट सक्दो सहयोग गरिने आश्वासन दिनुभएको प्रमुख चिरिबाबुले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच समसामयिक स्थानीय राजनीतिका बारेमा समेत कुराकानी भएको थियो ।

स्थानीय तहका नवनिर्वाचित पदाधिकारीले जनताले प्रत्यक्ष महसुस गर्ने गरी ठूला परियोजना सञ्चालनका लागि केन्द्र सरकारको सहयोगका लागि आग्रह गर्नुभएको थियो । उपत्यकामा मोनोरेल सञ्चालनका लागि करिब रु एक खर्ब १५ अर्ब रकम आवश्यक पर्ने बताइएको छ । उपत्यकामा मोनोरेल सञ्चालन सम्बन्धमा ललितपुर महानगरले नेतृत्व गरिरहेको छ । भेटमा पदाधिकारीले प्रधानमन्त्री देउवासँग व्यवस्थापिका–संसद्मा विचाराधीन स्थानीय शासन सञ्चालनसम्बन्धी विधेयक चाँडो पारित भए काम गर्न सहज हुने बताउनुभएको थियो । रासस

राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि

काठमाडौँ, १६ साउन । नवौँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता भोलिदेखि यहाँ शुरु हुने भएको छ ।

अखिल नेपाल टेबलटेनिस सङ्घको सहयोगमा काठमाडौँ जिल्ला टेबलटेनिस सङ्घको आयोजनामा शुरु हुने सो प्रतियोगितामा विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक सङ्घका अध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँले प्रतियोगिताअन्तर्गत खुलामा दुई, कलेजमा चार, स्कूलमा आठ, खेलकुद पत्रकारमा दुई, दृष्टिविहीनमा दुई, शारीरिक अपाङ्गमा चार तथा भेट्रानमा पनि समान चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

खुलातर्फ पुरुष÷महिला सिंगल्समा प्रतिस्पर्धा हुनेछ । त्यसमा पहिलो हुनेले रु १५ हजार, दोस्रो हुनेले रु १० हजार तथा तेस्रोले रु पाँच हजार पुरस्कार पाउनेछन् । बाँकी स्पर्धामा नगद पुरस्कार राखिएको छैन्, आयोजकले जनाएको छ ।

दुई सय ६० खेलाडी प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिता साउन २१ गतेसम्म सञ्चालन हुनेछ । रासस

आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण – अर्थमन्त्री

घुस रकमसहित प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौँ, १६ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ ।

नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरीका आधारमा आयोगको विशेष टोलीले उहाँलाई आज पक्राउ गरेको हो ।

आयोग प्रवक्ता जीवराज कोइरालाले घुससहित पक्राउ परेका फोरमेन न्यौपानेमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । रासस

प्रधान सम्पादकलाई तीन दिनभित्र उपस्थित गराउन निर्देशन

काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्र्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ ।

आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ?” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशिन भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ” भनिएको छ । रासस

प्रधान सम्पादकलाई तीन दिनभित्र उपस्थित गराउन निर्देशन

काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले ‘देशान्तर’ साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र आयोगमा उपस्थित गराउन प्र्रेस काउन्सिल नेपाललाई निर्देशन दिएको छ ।

आयोगको आइतबारको बैठकले “निर्वाचन आयोगमा मामाको धनमा फूपूको श्राद्ध” र “निर्वाचन आयोगलाई रु १८ अर्ब सक्नुपर्ने ?” शीर्षकमा उक्त पत्रिकामा दुराशययुक्त एवं मिथ्या समाचार प्रकाशिन भएको जनाउँदै सोबारे आवश्यक कारबाही हुन काउन्सिललाई लेखी पठाउने निर्णय भएको आयोगद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा “आयोगलाई लक्षित गरी प्रकाशित दुराशययुक्त एवं मिथ्या समाचारका विषयमा प्रधान सम्पादकलाई तथ्य प्रमाणसहित तीन दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन र सोको आवश्यक कारबाही हुन प्रेस काउन्सिल नेपालमा लेखी पठाउने तथा सोको जानकारी सूचना तथा सञ्चार मन्त्रालयलाई समेत दिने ” भनिएको छ । रासस

बोर्डले दिने राहत रकम रु सात लाख पुग्यो

भरतपुर–१९ मा पुनः मतदान गराउन यथाशीघ्र मिति तोक्नुस्ः आयोग

काठमाडौँ, १६ साउन । निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ ।

आयोगको आजको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत गत वैशाख ३१ गते मतदान भई मतगणनाका क्रममा जेठ १५ गते मतपत्र च्यातिएपछि मतगणना स्थगन भएको थियो । उक्त घटनापछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो । मतगणनाका क्रममा सो वडाको ९० मतपत्र च्यातिएका थिए । नेकपा(माओवादी केन्द्र)का तर्फबाट रेणु दाहाल र नेकपा(एमाले)का तर्फबाट देवी ज्ञवाली उक्त महानगरपालिका प्रमुखमा उम्मेदवार हुनुहुन्छ । रासस

Sunday, July 30, 2017

एनआरएनए १० औं यूूरोपेली बैठक २०१७ सम्पन्न

२९ र ३० जुलाई २०१७ मा जर्मनीको फ्रयांकफर्टमा जारी गैर आवासीय नेपाली नेपाली संघ १० औं यूरोपेली क्षेत्रीय बैठक तथा ८ औं महिला सम्मेलन विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त बैठकमा यूरोपका २७ देशहरु तथा अन्य मुलुकहरुबाट समेत आएका करिब ४०० भन्दा बढी  गैर आवासीय नेपालीहरुको बाक्लो सहभागिता रहेको उक्त सम्मेलन लामो सयमदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि लगानीको वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा समृद्ध राष्ट्र निर्माणका लागि सहमति र सहकार्य को आह्वान, अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनका लागि शिलशिलामा १८२ दिन भन्दा बढी नेपाल बाहिर बस्ने नेपालीहरुलाई गैर आवासीय नेपालीको परिभाषाभित्र समेट्न गैर आवासीय नेपाली नियमावली २०६६ मा संशोधनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने, संघले यूरोप क्षेत्रीय बैठकबाट अगाडि सारेका योजनाहरु मध्ये नेपालका ग्रामिण क्षेत्रमा बैकिड. व्यवसाय सञ्चालन गर्ने योजनालाई अगाडि बढाउने,  संघले सञ्चालन गरिरहेका परोपकारी तथा मानवहितसँग सम्बन्धी र अन्य परियोजनाहरु सफल पार्नका लागि यस क्षेत्रबाट भएका प्रतिवद्धता अनुसार सक्रियता जनाउन, राष्ट्रिय परिषदहरुमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै, अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान संशोधन,  आगामी यूरोपियन क्षेत्रीय सम्मेलनको अवसरमा यूवा सम्मेलनको समेत आयोजना गर्न, नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र  गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दै “भिजिट नेपाल युरोप अभियान २०१७” तथा “अतिथि देवो भवस्”  अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको “भिजिट नेपाल इयर २०१८”लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्ने , गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा  विद्युतीय पुस्तकालयहरु स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफुले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गर्ने लगायतका विषयहरुमा गहन छलफल तथा निर्णय गर्दै समापन भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये दुईको मृत्यु

महोत्तरी, १५ साउन । महोत्तरीमा भएको सवारी दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएका धनुषा ढल्केवरका २७ वर्षीय मोहन पासवानको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार जिल्लाको बलवामा बस दुर्घटनामा परी घाइते भएका पासवानको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि सोही दुर्घटनामा घाइते भई जनकपुर अञ्चल अस्पतालमा उपचाररत महोत्तरी गाउँपालिकाकी ८० वर्षीया सीतादेवी झाको मृत्यु भएको थियो ।

बलवाबाट जनकपुरतर्फ जाँदै गरेको ना२ख १५० नंको बस दुर्घटना हुँदा २१ जना घाइते भएका थिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र चालक अहिलेसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । रासस

सुरक्षित प्रसूति सेवा नहुँदा हेलिकप्टरको भर

गोरखा, १५ साउन । उत्तरी गोरखाको सिङ्गो चुमनुब्री गाउँपालिकामा सडक पहुँच पुगेको छैन । सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दिबास गाउँ आवतजावत गर्ने हो भने पैदल हिँड्नुपर्छ । सँगै रहेको धार्चे गाउँपालिकाको काशीगाउँ, केरौँजा, उहियालगायत गाउँमा पनि सडक सुविधा छैन । यहाँका मानिस हिँडेर सदरमुकाम ओहोरदोहोर गर्छन् ।

उत्तरी दुर्गम यी गाउँमा सडक सुविधा मात्रै होइन सुरक्षित प्रसूति सेवा पनि छैन । नेपाल सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा वर्षौंदेखि स्वास्थ्य संस्था सञ्चालनमा छन् । फेज, क्यान नेपाललगायत संस्थाले स्थानीयवासीको स्वास्थ्यको रेखदेख गर्दै आएका छन् । गर्भवती भएपछि कम्तीमा चारपटक नियमित जाँचका लागि स्वास्थ्य चौकी जानुपर्ने भए पनि दुर्गमका महिला स्वास्थ्यचौकी जाँदैनन्, अशिक्षाले चेतनास्तर पनि कमजोर छ ।

यी सबै गाउँमा स्वास्थ्यचौकी सञ्चालनमा छन् । तर सुरक्षित प्रसूति सेवा सञ्चालनमा ल्याउन सकिएको छैन । सुत्केरी व्यथाले दुई÷तीन दिन थला परेपछि हेलिकप्टरमार्फत गर्भवतीको उद्धार गर्नुपरेको छ । जसोतसो ऋण, सापटी खोजेर पैसा जुटाए पनि मौसमका कारण भनेका बेला हेलिकप्टर अवतरण गर्न सकिँदैन जसले गर्दा सुत्केरीको ज्यानसमेत खेर जाने गरेको छ । बर्सेनि उत्तरी भेगका गर्भवतीलाई सुरक्षित सुत्केरीका लागि हेलिकप्टरबाट उद्धार गरी राजधानीका ठूला अस्पताल पु¥याउनु परेको छ ।

दुई दिनदेखि सुत्केरी व्यथाले थलिएकी धार्चे गाउँपालिका केरौँजाकी २९ वर्षीया सरिता गुरुङको शुक्रबार उद्धार गरियो । हेलि एभरेष्टको हेलिकप्टरबाट उद्धार गरी गुरुङलाई राजधानीको शिक्षण अस्पताल लगियो । उत्तरी भेगमा तत्कालै हेलिकप्टर पु¥याउनुपर्दा प्रायः समन्वयको भूमिका निर्वाह गर्दै आएका छेकम्पारका धावा ग्याल्जेन लामाका अनुसार आर्थिक अवस्था कमजोर भएका दुर्गमवासीले एकपटक हेलिकप्टर चार्टर गर्दा जीवनभर कमाएको पैसा तिर्नुपर्ने हुन्छ ।

लामाले भन्नुभयो, “उत्तरी गोरखामा एकपटक हेलिकप्टर लैजानुपर्दा कम्तीमा रु दुई लाख भाडा लाग्छ । सामान्य, गरीब परिवारले दुई लाख कहाँबाट खोज्ने ? भन्ने बित्तिकै जुटाउनुपर्ने हुन्छ कसरी जुटाउने ?” जीवनभर लगाएर कमाएको पैसा परिवारको एक जनाको उपचार गर्दा रित्तिएपछि बाँकी परिवारका सदस्यको शिक्षादीक्षा, लालनपालनमा समेत प्रभाव पर्न थालेको छ ।

उहाँले भन्नुभयो, “पछिल्लो दुईपटक हेलिकप्टर चार्टर गर्न जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाले सहयोग गरेको छ । हेलिकप्टर चार्टर गर्दा लागेको खर्चमात्रै सरकारले बेहोर्ने हो भने दुर्गमवासीलाई ठूलो राहत मिल्छ ।” यस्तै दुर्गम गाउँमा पनि सुरक्षित प्रसूति सेवाको पहुँच पु¥याएर डाक्टरको दरबन्दी खडा गर्दै नियमित डाक्टर बस्ने वातावरण मिलाउनुपर्ने लामाको भनाइ छ । स्थानीय तह निर्वाचनपछि स्वास्थ्यलगायत क्षेत्रमा विकासले फड्को मार्ने आशा दुर्गमवासीलाई छ ।

गाउँमा भरपर्दो प्रसूति सेवा नहुँदा जटिलखाले सुत्केरी व्यथाले थलिएकी लाप्राककी २४ वर्षीया माया गुरुङलाई गत आइतबार हेलिकप्टरबाट उद्धार गरी राजधानी लगिएको थियो । हेलि एभरेष्ट कम्पनीको हेलिकप्टरबाट उद्धार गरी शिक्षण अस्पताल पु¥याएपछि उहाँले सोही दिन साँझपख जुम्ल्याहा छोरा पाउनुभयो । सुत्केरी व्यथाले थलिएका अधिकांश गर्भवतीको शल्यक्रिया गरी बच्चा निकाल्नुपर्दा थप पीडा हुने गरेको छ । गाउँमा प्रसूति सेवा नहुँदा शल्यक्रिया गर्नुपर्ने बिरामीको उद्धारका लागि हेलिकप्टर बोलाउनुको विकल्प नहुने स्थानीयवासी श्रीबहादुर गुरुङले बताउनुभयो । एकपटक हेलिकप्टर चार्टर गर्दा कम्तीमा रु दुई लाख भाडा लाग्ने गर्छ ।

यस्तै, उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका चुम्चेतकी २९ वर्षीया पासाङ भुटी लामाको सुत्केरी व्यथाले च्यापेको दुई दिनपछि गत असार १७ गते हेलिकप्टरबाट उद्धार गरी राजधानीको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली पु¥याएर शल्यक्रिया गरिएको भए पनि नवजात शिशुको ज्यान बचाउन सकिएन । शल्यक्रिया गर्न ढिलाइ हुँदा शिशुको मृत्यु भएको थियो । परिवारसँग रु ३० हजार मात्रै पैसा भएको र सरसापट खोजी गरी हेलिकप्टर मगाउन ढिलाइ हुँदा शिशु बचाउन नसकिएको हो ।

जनस्वास्थ्य कार्यालय गोरखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीले सडक नपुगेका दुर्गम गाउँका गर्भवती महिला सुत्केरी हुन सकेनन् भने सरकारीतर्फबाट नै भाडा तिर्नेगरी हेलिकप्टर चार्टर गर्न सुरु गरिएको छ ।

पराजुलीले भन्नुभयो, “चुम्चेतकी लामा र केरौँजाकी गुरुङको हेलिकप्टरबाट चार्टर गर्दा लागेको खर्च नेपाल सरकारले तिर्छ ।” दुर्गम भेगमा सुरक्षित प्रसूति सेवा तथा डाक्टरको अभावले गर्दा सुत्केरी व्यथाले थलिएको लामो समयसम्म पनि गर्भवती महिलाले बच्चा जन्माउन सक्दैनन् । विगतका वर्षमा समयमै उपचार नपाएर गर्भवतीको मृत्युसमेत भएको थियो । प्रशन्न पोखरेल/रासस

श्रमजीवी पत्रकारका समस्या समाधान गर्न पहल गर्छु : सञ्चारमन्त्री बस्नेत

काठमाडौँ, १५ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले श्रमजीवी पत्रकारका समस्या समाधानमा मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन बुझ्दै मन्त्री बस्नेतले भन्नुभयो, “दिनभर श्रम गर्ने सञ्चारकर्मीका समस्या समाधान हुनैपर्छ । श्रमजीवी पत्रकारले उचित पारिश्रमिक नपाएको भन्ने सुनेको छु । सुनुवाइ नहुने भन्ने हुँदैन ।”

सञ्चारगृहका पनि आफ्ना समस्या हुनसक्ने भन्दै उहाँले दुवै पक्षले आपसी समन्वयमा वार्ता र सहमतिबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सञ्चार मन्त्रालय मुलुकका लागि धेरै जिम्मेवार मन्त्रालयका रुपमा रहेको बताउँदै मन्त्री बस्नेतले मन्त्रालयअन्तर्गत थालिने सुधार कार्यमा सञ्चारमाध्यमको भूमिका पनि महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।

समितिको प्रतिवेदनका सम्बन्धमा आफूले यसअघि पनि चासो राखेको प्रसंग उल्लेख गर्दै उहाँले सम्बन्धित सबै निकायसँग आवश्यक परामर्श गरी प्रतिवेदनले आँैल्याएका विषयलाई सम्बोधन गर्न नियम कानून र स्रोतसाधनले भ्याएसम्म पहल गर्ने आश्वासन दिनुभयो ।

कार्यक्रममा समितिका अध्यक्ष पोषण केसीले सबै प्रदेशका ६० जिल्लामा श्रमजीवी पत्रकार, कर्मचारी र कामदार औपचारिक तथा अनौपचारिकरुपमा अनुगमनमा सहभागी गराई प्रतिवेदन तयार पारिएको जानकारी गराउनुभयो ।

अध्यक्ष केसीले नेपाली श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले तहगत वर्गीकरणअनुसार तलब पाउनसमेत समस्या भएको बताउनुभयो ।

एक तिहाइले न्यूनतम तलब पाउँदैनन् 

समितिले मुलुकभर गरेको सर्वेक्षणअनुसार अझै पनि ३२.३ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले श्रमजीवी पत्रकार ऐनले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पाउँदैनन् । ऐनले तोकेको न्यूनतम पारिश्रमिक मात्र पाउने ३५.७ प्रतिशत छन् भने तोकेभन्दा बढी पाउनेको संख्या ३२. प्रतिशत रहेको छ ।

विधागत अवस्थालाई हेर्दा रेडियोमा कार्यरत ४२.६ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले न्यूनतम पारिश्रमिक पाएका छैनन् । त्यस्तै पत्रपत्रिकामा कार्यरतमध्ये ३२.६ प्रतिशतले र टेलिभिजनमा कार्यरत २४.९ प्रतिशतले न्यूनतम पारिश्रमिक पनि पाउन सकेका छैनन् । अनलाइनमा कार्यरतमध्ये २१.५ प्रतिशतले न्यूनतम पारिश्रमिक पाउन नसकेको समितिले जनाएको छ ।

प्रतिवेदनअनुसार नियुक्तिपत्र प्राप्त गर्ने पत्रकारको संख्या पनि निकै कम देखिएको छ । जम्मा ७४.२ प्रतिशत पत्रकारले मात्र नियुक्तिपत्र प्राप्त गरेका छन् । नियुक्तिपत्र प्राप्त गर्नेमध्ये ४४.१ प्रतिशत स्थायी छन् भने ५५.९ प्रतिशत अस्थायी रहेका छन् ।

एक चौथाइले नियुक्तिपत्र पाउन सकेका छैनन् 

अहिले पनि २५.८ प्रतिशत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारले नियुक्तिपत्र पाउन सकेका छैनन् । सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारी र कामदारमध्ये ६३.९ प्रतिशत पूर्णकालीन छन् भने २२.१ प्रतिशत आंशिक, १३.५ प्रतिशत स्ट्रिन्जर र नखुलेका ०.५ प्रतिशत रहेका छन् । अझै २६.२ प्रतिशतलाई श्रमजीवी पत्रकार ऐनले तोकेको पारिश्रमिकबारे जानकारी छैन ।

सञ्चार प्रतिष्ठानमा पारिश्रमिक भुक्तानीको अवस्था हेर्दा अहिले पनि हरेक महिना तलब खाने पत्रकार, कर्मचारी र कामदारको संख्या जम्मा ६६.९ प्रतिशत रहेको छ । करिव ९.९ प्रतिशतले दुई महिनामा एकपटक तलब बुझ्छन् भने २३.१ प्रतिशत पत्रकारले तीन महिनामा एकपटक वा सोभन्दा बढी समयमा मात्र तलब पाउँछन् ।

सञ्चार क्षेत्रमा बिदाको अवस्था हेर्दा ४३ प्रतिशत सञ्चार प्रतिष्ठानमा अहिले पनि कुनै पनि बिदाको व्यवस्था गरिएको छैन । करिब ५७.७ प्रतिशत सञ्चार प्रतिष्ठानले ऐनले तोकेको सेवासुविधाबाट श्रमजीवी पत्रकार, कर्मचारी र कामदारलाई वञ्चित गरेका छन् ।

ऐन कार्यान्वयन नगर्नेलाई सरकारी निकायबाट दिइने कुनै पनि प्रकारका विज्ञापनसमेत रोक्ने, सूचना विभागबाट प्राप्त गर्ने पत्रकार परिचयपत्र लिँदा कम्तीमा तीन महिनासम्मको पत्रकारको तलब पठाएको बैंक भौचर उपलब्ध गराउनेलगायत सुझाव समितिलाई प्राप्त भएका छन् । रासस

प्राथमिकताका आधारमा काम गर्न निर्देशन

काठमाडौँ, १५ साउन । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले प्राथमिकताका आधारमा खानी तथा खनिज पदार्थकोे खोजी र उत्खनन् गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।

समिति अन्तर्गतको उपसमितिका संयोजक नारायणबहादुर कार्कीको अध्यक्षतामा बसेको उक्त बैठकले सो सुझाव दिएको हो ।
नेपालमा रहेका खानीको अवस्था, खानी तथा भूगर्भ विभागले गत आर्थिक वर्षमा गरेको कार्यप्रगति , मुख्य समस्या तथा चुनौती, आव ०७४÷७५ को वार्षिक बजेट र कार्यक्रमका विषयमा छलफल भएको थियो ।

छलफलमा व्यवस्थापिका–संसद्का सदस्य क्रमशः सुभाषचन्द्र ठकुरी, रमेश लामा, शम्भुकुमार श्रेष्ठ, अनिलकुमार सिङ्गटा, सोमप्रसाद पाण्डे र बुद्धिराम भण्डारीका विभिन्न सुझाव तथा जिज्ञासा व्यक्त भएका थिए ।

उपसमितिका संयोजक कार्कीले पेट्रोलियम पदार्थको अन्वेषण गर्न नयाँ समूहको खोजी गर्न, युरेनियमा उत्खनन् सम्बन्धी ऐनको मस्यौदा तयार गर्न, उपत्यकामा देखिएका मिथेन ग्यास र नवलपरासीको फलाम उत्खनन् गर्न निर्देशन दिनुभयो ।
छलफलमा खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले विभागमा सीमित जनशक्ति रहेको, पूर्वाधार (खनिज पदार्थका लागि पहुँच मार्ग र बिजुली) को व्यवस्था नभएको, क्षेत्रगत नीतिमा एकरुपता र समन्वय हुन नसकेकोजस्ता समस्या रहेको चर्चा गर्नुभयोे । रासस

आठौं युरोपेली महिला सम्मेलन शुरु (फोटो फिचर सहित)

जर्मनीको फ्रयाड.कफर्टमा जारी गैर आवासीय नेपाली संघको दशौं युरोपेली बैठक र आठौं महिला सम्मेलन अन्तर्गतको दोश्रो दिनको कार्यक्रम शुरु भएको छ ।
बिभिन्न विषयहरुमा अलग अलग प्यानल छलफल भईरहेका छन् । एनआरएनएको विधान सम्बन्धी छलफल, मेडिया सम्बन्धी छलफल, नागरिकताको निरन्तरता लगायतका विभिन्न विषयहरुमा उपस्थित राष्ट्रिय समन्वय परिषदका पदाधिकारीहरु र आईसिसी पदाधिकारीहरु बीचमा गहन छलफल पश्चात् विभिन्न सुझावहरु संकलन भएका छन् । उक्त सेशनको समाम्ती हुनै लागेको र शेसनको समाप्ति पश्चात् आठौं युरोपेली महिला क्षेत्रीय सम्मेलनको उद्घाटन हुने कार्यक्रम रहेको छ ।

 

अष्ट्रेलियाली प्रहरीले विमान खसाल्ने योजना असफल बनायो

सिड्नी, १५ साउन । अष्ट्रेलियाको राजधानी सिड्नीमा एक विमानलाई उडिसकेपछि खसाल्नेगरी बनाइएको भनिएको आतङ्कवादी योजनालाई निस्तेज पारिदिएको जनाइएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले आइतबार सो जानकारी गराउनुभएको छ । उहाँले प्रतिआतङ्कवाद प्रहरीले सो योजना अगावै त्यसबारेमा पत्ता लगाएको र विमान खसाल्ने एउटा योजनालाई विफल बनाइदिएको बताउनुभएको हो ।

गएराति उनीहरुले यस्तो योजना बनाएर त्यसमा संलग्नहरुको खोजी गरेका थिए । प्रहरीले त्यसमा संलगन भएको आशङ्कामा सिड्नी क्षेत्रमा चारवटा घरमा छापा मारेर केहीलाई पक्राउ पनि गरेको छ । आइतबार बिहान प्रहरीले चार जनालाई गिरफ्तार गरेको जनाएको छ ।

यस विषयमा अनुुसन्धान सुरु गरिएको छ । अनुसन्धानकर्ताहरुले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका छन ।

उक्त आतङ्कवादी हमला सार्वजनिक भएपछि अष्ट्रेलियाका सबै विमानस्थलहरुमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अष्ट्रेलियाको प्रहरीले विस्फोटक सामाग्रीको प्रयोग गरी विमानलाई विस्फोटन गराउन लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको छ ।

प्रधानमन्त्री टर्नबुलले आतङ्कवाद विरोधी कारबाही अन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने जानकारी दिनुभएको छ ।

भारी हातहतियारले सुसज्जित प्रहरी र अष्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यहरुले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कम्तीमा चार जनालाई पक्राउ गरेका छन ।

उक्त सम्भावित आक्रमणको बारेमा भने प्रहरीले केही बताएको छैन । त्यसको जोखिम कत्तिको थियो एवम् खसाल्न खोजिएको भनिएको सो विमान अन्तर्राष्ट्रिय उडनको थियो कि राष्ट्रिय उडान भन्ने बारेमा पनि स्पष्ट नभएको बताइएको छ ।

सिड्नी सहरका साथै विमानस्थलमा पनि थप सुरक्षा सतर्कता कायम गरिएको छ । त्यसैगरी देशका अरु विमानस्थल र भूभागहरुमा पनि थप सुरक्षाकर्मी खटाइएको छ ।

प्रधानमन्त्री टर्नबुलले यात्रुहरुलाई धैर्य धारण गर्न आग्रह गर्नुभएको छ । उहाँले आत्मविश्वासका साथ कामगर्न सबै सुरक्षाकर्मी र काममा जाने सबै नागरिकलाई पनि आग्रह गर्नुभएको बताइएको छ ।

अष्ट्रेलियामा यसअघि पनि आतङ्कवादी हमलाको प्रयास भएको बताइएको थियो । आतङ्कवादको हमलाको जोखिम रहेको भनी यसअघि पनि समाचार आएको बताइएको थियो । रासस÷एएफपी

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

मनिला, १५ साउन । फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।
प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन ।
यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय हुनुभएको छ ।

यद्यपि यस कनुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचकना गर्ने गरेका छन् ।

प्रहरीले जारी राखेको यो खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर प्रक्राउ गर्न खोजेको जनाएको छ ।

“प्रहरीले खोजीको सूचीमा रहेकाहरुको खोजी गरिरहेको थियो र उनको घरसम्म पुगेको थियो सोही क्रममा मेयरका सुरक्षा गार्डले प्रहरीमाथि आक्रमण गरेपछि हाम्रा प्रहरीले जवाफी कारबाही गर्दा मेयर सहित उनीहरुको मृत्यु भएको हो,” क्षेत्रीय प्रहरीका एक जना प्रवक्ताले भने ।

दुतेर्तेले गत बर्षको निर्वाचनमा विजयी भएपछि लागुऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

त्यस यता भएका लागूऔषधसँग सम्बन्धित कारबाहीमा परी दुई हजारभन्दा बढी व्यक्तिको निधन भएको समाचारमा जनाइएको छ । सो अभियान जारी नै रहने प्रहरीको भनाई छ । रासस÷सिन्ह्वा

१०० नंमा २३ प्रतिशत ब्लफकल

चितवन, १५ साउन । अत्यावश्यक कामका लागि या कुनै समस्या परेमा फोन गर्नुपर्ने जिल्ला प्रहरी कार्यालयको १०० नंमा एक चौथाइ ब्लफकल आउने गरेको पाइएको छ ।

प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दैनिक करिब ५०० वटा फोन प्रहरीको १०० नम्बरमा आउँछ । गत एक वर्षमा गरिएको अध्ययनमा आएको फोनमध्ये २३ प्रतिशत ब्लफकल हुने गरेको पाइएको हो । पाँच सेटमार्फत फोन उठाउने गरिएको प्रहरी नियन्त्रण कक्षमा रहेको उक्त हटलाइनमा अनावश्यक फोनले कहिलेकाहीँ प्रहरी हैरान हुने गरेका छन् ।

उक्त फोनमा सामान्य सोधपुछका ३७ प्रतिशत र सवारी दुर्घटनासम्बन्धी १८ प्रतिशत फोन आएको पाइएको छ । एक वर्षमा गरिएको अनुगमनमा घरायसी झगडासम्बन्धी पाँच प्रतिशत, सामान छुटेका बारे एक प्रतिशत, सामाजिक अशान्तिका १३ प्रतिशत र मानिस हराएका बारे तीन प्रतिशत फोन आएको पाइएको थापाले जानकारी दिनुभयो ।

ब्लफ कलले हैरान बनाउने गरेको प्रहरी नियन्त्रण कक्षका एक जना प्रहरीले बताउनुभयो । उहाँका अनुसार महिलाहरुले खाना खानुभयो, मलाई चिन्नु भएन जस्ता कुरा गर्ने, कहिलेकाहीँ किशोरकिशोरी र बच्चा जम्मा भएर हेल्लो प्रहरी कन्ट्रोल भनेर जिस्क्याउने, कुकुर भुकेको आवाज सुनाउने र रोएको आवाज सुनाइदिने गरेका छन् ।

कतिपयलाई फोन गरेरै अभिभावकलाई सम्झाउने गरिएको उहाँको भनाइ छ । चितवन प्रहरीले सामुदायिक सेवामार्फत नागरिक सहायता कक्षबाट गत एक वर्षमा २८ हजार ३९५ जनालाई सेवा पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

मोटरसाइकलको ठक्करबाट कांग्रेस नेताको मृत्यु

कैलाली, १५ साउन । कैलारी गाउँपालिका–३ भितारियामा मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेसका जिल्लास्तरीय नेताको मृत्यु भएको छ ।
धनगढीबाट हसुलिया फर्कँदै गर्नुभएका ४५ वर्षीय राजेश चौधरीले चलाइरहेको से १ प ६०० नंको मोटरसाइकलले साइकलमा सवार ३१ वर्षीय सम्झना चौधरीलाई ठक्कर दिएपछि अनियन्त्रित भई मोटरसाइकल लड्न पुग्दा राजेश घाइते भएकामा उपचारका लागि भारत लैजाने क्रममा गए राति बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख नायब उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिनुभएको छ ।

ठक्करबाट घाइते भएकी साइकल चालक सम्झनाको अवस्था सामान्य रहेको र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

राष्ट्रिय वाणिज्य बैंकबाट शाखारहित बैंकिङ सेवा

कालीकोट, १५ साउन । जिल्लाको रास्कोट नगरपालिकामा राष्ट्रिय वाणिज्य बैँकले शाखारहित बैँकिङ सेवा सञ्चालन गरेको छ ।

ग्रामीण क्षेत्रमा रहेको रास्कोट नगरपालिकाको आरसिपी बजारमा विगत लामो समयदेखि आइएमई रेमिट कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाले आजदेखि राष्ट्रिय वाणिज्य बैँकको शाखारहित बैकिङ सेवा सञ्चालन भएको घोषणा संस्थाका अध्यक्ष तथा रास्कोट नगरपालिकका प्रमुख काशिचन्द बरालले गर्नुभयो ।

सक्षम नेपालको सहयोगमा आरसिपी बजारमा सुचारु भएको सेवामा आजदेखि रास्कोट क्षेत्रका समुदायमा बंैकको पहुँच पुगेको महसुस भएको छ । अबदेखि यहाँका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्तादेखि अन्य रकम पठाउन र पाउन सहज हुने भएको छ ।

यो सेवा रास्कोटवासीका लागि ठूलो अवसरको रुपमा आएको बताउँदै नगरप्रमुख काशिचन्द्र बरालले क्रमश नगरपालिकामा थप वित्तीय सेवा सुविधा विस्तार गर्ने बताउनुभयो ।

शाखारहित बैँकिङ सेवाको भने औपचारिक शुभारम्भ भने केही समयपछि हुने हिमचुली कृषि सहकारी संस्थाका प्रमुख जयचन्द्र अधिकारीले दिनुभयो । उहाँका अनुसार सेवाग्राहीका खाता तथा अन्य प्रक्रिया सम्पन्न गर्नुपर्ने भएकाले सो प्रक्रियाबाट एक सयभन्दा बढीको खाता सुचारु भएपछि औपचारिकता दिइने छ ।

कालीकोटमा यसअघि ग्लोबल आइएमइले खाँडाचक्र नगरपालिकोको भर्ता बजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको थियो । हाल जिल्लामा चारवटा निजी बैँक , एक सरकारी बैँंक र तीनवटा लघुवित्त सम्बन्धी काम गर्ने वित्तीय संस्था स्थापना भएका छन् । अहिले दुर्गम ग्रामीण इलाकामा हिमचुली कृषि सहकारी संस्था र साना किसान माइक्रोफाइनान्स संस्थाले मात्र वित्तीय सेवा शुरु गरेका हुन् । रासस

मतदाता नामावली वडामा नै संकलनको व्यवस्था हुनुपर्ने माग

काठमाडौँ, १५ साउन । व्यवस्थापिका– संसद्को आजको बैठकको शून्य र विशेष समयमा सांसदले भुइँचालोपीडितलाई घर बनाउन दिइने सहयोग रकम वितरणमा विलम्ब गर्न नहुने माग गर्नुभएको छ ।

उहाँहरूले भूकम्प भएको २७ महिना बितिसक्दा पनि पीडित लाखौँ परिवारले गृहनिर्माणको रकम नपाएको, बाढीपहिराले देशका धेरै भेगका जनता आक्रान्त भएको, तराईका अधिकांश क्षेत्र सिँचाइको अभावमा बाँझै रहेको र चुरे क्षेत्रको संरक्षण हुन नसकेकाले सरकारले गम्भीर भएर समस्या समाधानको आवश्यक प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरुले नदी नियन्त्रण गरेर बाढीपहिरोबाट ऊर्वरभूमिको रक्षा गर्नुपर्ने बताउँदै तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न र बाली लगाउन नपाएका किसानलाई सहयोग गर्न आग्रह गर्नुभयो । केही सांसदले कर्णालीको खाद्यान्न संकटदेखि लिएर आगामी माघ ७ गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता एवम् दायित्वबारे सरकारलाई झक्झक्याउनुभयो भने केहीले भोजपुरको अरुण गाउँपालिकामा भएको तीन बालबालिकाको हत्याको निष्पक्ष छानबिनको माग गर्नुभयो ।

अन्य सांसदले सिन्धुपाल्चोकको लार्चामा रहेको पुल भत्किँदा २५ हजार सिन्धुपाल्चोकवासीको आवागमनमा कठिनाइ भएको बतउँदै बन्द भएको तातोपानी नाका खोल्न सरकारबाट भएका प्रयासबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो ।

त्यस्तै केहीले सांसदलगायत अन्य निर्वाचित उच्च पदाधिकारीको मर्यादाक्रम पुनरवलोकन हुनुपर्ने, सुकुम्वासी समस्या समाधान गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालय गम्भीर हुनुपर्ने, ऊखु किसानका समस्या समाधान गर्नुपर्ने, बूढीगण्डकी जलविद्युत् आयोजनाले सबैलाई जग्गाको मुआब्जा समुचित रुपमा वितरण गर्नुपर्ने तथा मतदाता नामावली वडामा नै संकलनको व्यवस्था हुनुपर्ने माग गर्नुभयो ।
सांसदले देशका धेरै पहाडी जिल्लाका किसान बाँदर आतंकबाट पीडित भएकाले उक्त समस्या समाधानका उपाय पहिल्याउन जरुरी भएको बताउनुभयो । केही सांसदले चिकित्साशास्त्र अध्ययन अध्यापनका विकृति विसंगति अन्त्य गर्न बारम्बार एउटा व्यक्ति आमरण अनशन बस्नुपर्ने बाध्यता कहिले टुं्गिन्छ भन्ने प्रश्न गर्नुभयो ।

विशेष समयमा बोल्नेमा कमलप्रसाद पंगेनी, रवीन्द्र अधिकारी, अग्निप्रसाद सापकोटा कुन्ती शाहीे, अभिषेकप्रताप शाह, महेन्द्र राय यादव अइन्द्रसुन्दर नेम्वाङ, अनुराधा थापा मगर, मिलनकुमारी राजवंशी, मीना पुन, मधु शाही, जनकराज जोशी, जयन्तीदेवी राई, लक्ष्मी राई, राजकुमार अग्रवाल, धनबहादुर घले, अमनलाल मोदीलगायत हुनुहुन्थ्यो ।

त्यसैगरी शून्य समयमा कृपासुर शेर्पा, कृष्णप्रसाद पौडेल, कृष्णभक्त पोखरेल, गणेशमान गुरुङ, गुरुप्रसाद बुर्लाकोटी, जनार्दन ढकाल, जीवनबहादुर शाही, टीकाराम चेम्जोङ र तुलाराम विष्टले बोल्नुभएको थियो । रासस

एमालेः १९ जिल्लामा जिसस प्रमुख र उपप्रमुख उम्मेदवारी

भक्तपुर, १५ साउन । नेकपा(एमाले)को स्थायी कमिटी बैठकले १९ जिल्लामा जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवारीका लागि सिफारिस भई आएका नामको टुंगो लगाएको छ ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले ती जिल्लाबाट सिफारिस भई आएका जिससका प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम टुंगो लगाएको पार्टी सचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । सोअनुसार भक्तपुरमा प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर, रामेछापका प्रमुखमा प्रेमबहादुर खड्का र उपप्रमुखमा दीपा पाख्रिन, रसुवाका प्रमुखमा कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ्नी, मकवानपुरका प्रमुखमा रघुनाथ खलाल र उपप्रमुखमा भगवती पुडासैनी तथा डोल्पाका प्रमुखमा शेरबहादुर बुढाको नाम सिफारिस भएको छ ।

त्यसैगरी सल्यानका उपप्रमुखमा कुलबहादुर गिरी, कालीकोटका प्रमुखमा पे्रमबहादुर शाही र उपप्रमुखमा सरिता आचार्य, जाजरकोटका प्रमुखमा गोरे कार्की र उपप्रमुखमा कमलादेवी शाही, हुम्लाका उपप्रमुखमा खगेन्द्र कार्की, सुर्खेतका प्रमुखमा टोपबहादुर राजकोटी र उपप्रमुखमा दीपा मल्ल, मुगुका प्रमुखमा पूर्णबहादुर रोकाय र उपप्रमुखमा कणशिला मल्ल, खोटाङका प्रमुखमा बबी चाम्लिङ र उपप्रमुखमा गोमा खत्री, इलामका प्रमुखमा गणेश बराल र उपप्रमुखमा चित्रकला बराइली तथा बझाङका प्रमुखमा खड्गबहादुर खड्का र उपप्रमुखमा भागिरथी अवस्थी जोशीको नाम उम्मेदवारीका लािग टुंगो लगाइएको छ ।
काभ्रे जिल्लाका लागि सिफारिस भएकामध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी उम्मेदवारको टुंगो लगाइने जिम्मा प्रदेश नं ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई दिइएको छ । कतिपय जिल्लामा भने विभिन्न दलसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग रायपरामर्श गरी पार्टी केन्द्रसँग पूर्वस्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने निर्णय एमालेले गरेको छ
बैठकले कतिपय जिल्लामा मनोनयन प्रक्रिया चलिरहेका अवस्थामा उम्मेदवार सर्वसम्मत बनाउन सम्बन्धित प्रदेश कमिटीका इञ्चार्जलाई जिम्मा लगाउने निर्णय गरेको छ ।
बैठकमा पार्टी अध्यक्ष ओलीले चीनको तिब्बत भ्रमणका क्रममा त्यहाँको सरकारका उच्च अधिकारीसँग भएको भेट र छलफलका बारेमा जानकारी गराउनुभएको थियो । भ्रमणका क्रममा नेता ओलीले एमाले सरकारका पालामा भएका सम्झौता कार्यान्वयन, सम्बन्ध र चीनको नाका खोल्ने विषयमा पनि छलफल गर्नुभएको जानकारी दनुभयो ।

बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगको काम, संसदीय निर्वाचन र राष्ट्रिय राजनीतिका विषयमा पनि छलफल गरेको थियो । कमिटीको बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय धूम्रबाराहीमा पुनः बस्ने जनाइएको छ । रासस

राष्ट्रिय गौरवका सिँचाइ योजना दु्रत गतिमा लगिने

नेपालगञ्ज, १५ साउन । सिँचाइमन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका सिँचाइ योजना समयमा पूरा हुन नसकेका बारे छानबिन गरी योजनालाई दु्रत गतिमा सञ्चालन गरिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयअन्तर्गतका योजनालाई तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक सबै खाले प्रयास गरिने विश्वास दिलाउनुभयो । यसैबीच मन्त्री गौतमले अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा यहाँ सञ्चालित तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभयो । रासस

पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी, १५ साउन । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिराका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ ।
लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ ।
यस वर्ष वर्षात् शुरु भएसँगै स्थानीयवासी लोगसिंह भाटको परिवार निकै जोखिममा परेको छ । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारको बिचल्ली भएको छ । पहिराले पानीघट्ट र सूर्य पन्त प्राविको खानेपानी ट्यांकी समेत बगाइसकेको छ । पहिराले धेरैको उठीबास गरिसकेको छ । आर्थिक अवस्था राम्रो भएकाहरु बसाइँसराइ गरिसकेका छन् भने आर्थिक अवस्था कमजोर भएका जोखिममा बस्न बाध्य भएका छन् । जमिनभित्र कमेरोयुक्त माटो भएकाले वर्षेनी पहिराले घरखेत बगाउँदै आएको छ ।
जोखिममा दुई विद्यालय 

यहाँको लटिनाथ आधारभूत विद्यालय मेलथला र सूर्य पन्त आधारभूत विद्यालय डोल पहिराको जोखिममा परेका छन् । लगातारको वर्षाले पहिरो आउन थालेपछि विद्यालय पहिराको जोखिममा परेको दोगडाकेदार – ६ वडा कार्यालयका प्राविधिक लोकेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । विद्यालयसमेत पहिराको जोखिममा परेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन् ।

लगातारको वर्षाले गौकुराका मदनसिंह भण्डारीको घर आधा चर्र्किएको छ । पहिराका कारण नै गाउँ नै विस्थापित हुने अवस्थामा पुगेको स्थानीयवासी भूपेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस्तै शनिबार राति आएको वर्षाले पुर्चौडी नगरपालिका वडा नं ३ मा पहिरो जाँदा हर्क धामी र काशी धामीको घर जोखिममा परेका छन् । काशी धामीको घरमा पहिरो आउँदा गोठभित्र रहेका पशुचौपायालाई बाहिर निकाल्न नसकिएको वडाध्यक्ष दलबहादुर धामीले जानकारी दिनुभयो । मान्छे घरबाट बाहिर निस्कन सके पनि पशुचौपाया गोठमै थुनिएका छन् ।
अहिले हर्क र काशी आफ्नो घर छाडेर आफन्तका घरमा बसिरहेका छन् । पहिराले शंकर धानुक, हर्क धामीकोे खेत पनि पुरिदिएको छ । पहिराले बारीमा खेत नै बगाइदिएपछि झनै समस्या भएको उनीहरुले बताएका छन् । रासस

घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

काठमाडौँ, १५ साउन । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ ।

नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो ।

सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ । प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ । त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ ।

प्राधिकरणले रत्नपार्क र महराजगन्ज वितरण केन्द्रको प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि केही दिन पहिले मात्रै विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ ।

प्राधिकरणले आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदातालाई भूमिगत वितरण प्रणालीको खाका, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने शर्त राखिएका छन् ।

प्रसारण तथा वितरण प्रणाली भूमिगत गरिएपछि त्यसमा ‘रेडियो फ्रिक्वेन्सी नेटवर्क’ जडान गरिने उपभोक्ताले घरको मिटरको विवरण प्राधिकरणको ‘डाटा प्रणाली’ मा पु¥याउन सक्नेछन् । सो प्रणालीको जडानपछि केन्द्रीय नियन्त्रण कक्षमै बसेर कुन ग्राहकको घरमा कति युनिट विद्युत् प्रयोग भयो र त्यसको महसुल कति उठ्यो भनेर हेर्न सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

वितरण प्रणाली भूमिगत गरी स्मार्ट मिटर जडान गरेपछि ग्राहकले यो सेवा लिन सक्नेछन् । रत्नपार्क तथा महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका स्थानमा त्यसप्रकारको सेवा शुरु हुनेछ । नमूना परियोजनाका रुपमा ती वितरण केन्द्रको कार्य सम्पन्न भएपछि काठमाडाँै उपत्यकाका अन्य स्थानमा र उपत्यका बाहिरका प्रमुख शहर हुँदै मुलुकभर नै त्यसप्रकारको प्रणाली जडान हुनेछ । पहिलो चरणमा ९० हजार ग्राहकले शुरुमा यो सेवा लिन सक्नेछन् । अत्याधुनिक स्मार्ट मिटर जडान भएपछि ग्राहकले खपत गर्ने विद्युत् महसुल घरबाटै तिर्नसक्ने र नतिरे स्वतः टेलिफोनको लाइन काटिएजस्तै विद्युत् लाइन काटिनेछ ।

सो प्रणालीको जडानपछि चोरी नियन्त्रण, मिटर रिडिङमा लाग्ने जनशक्ति, ऊर्जा परीक्षण, भार व्यवस्थापनलगायत विद्यमान समस्यामा सुधार आउनेछ । प्रसारण प्रणाली भूमिगत बनाउन एसियाली विकास बैंकले करिब रु २० अर्ब र एसियाली पूर्वाधार लगानी बैंकले रु दश अर्ब लगानी गर्ने वचन दिइसकेका छन् ।

खुला प्रणालीबाट विद्युत् वितरण गर्दा जोखिम हुनसक्ने, मानवीय क्षतिका साथै सहरको सौन्दर्यसमेत घट्ने भएकाले स्मार्ट प्रणाली जडान गर्ने योजनामा सरकार लागेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीको भनाइ छ ।

मन्त्री शाहीले काठमाडौँ उपत्यका र देशका प्रमुख शहरमा वितरण प्रणाली सुदृढ पार्न दीर्घकालीन गुरुयोजना तयार भइरहेको र आगामी दुई वर्षभित्र सो योजना सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनुभयो ।

मुलुकका विभिन्न स्थानमा अझै पनि रु ८० महसुल तिर्न रु ४०० भन्दाबढी खर्च हुने गरेको भन्ने गुनासो आइरहेका बेला प्राधिकरणले अनपाउन खोजेको यो प्रविधिले नागरिकलाई सुविस्ता हुने अपेक्षा गरिएको छ । रमेश लम्साल/रासस

Saturday, July 29, 2017

दुबईमा रुपन्देही सेवा समाज युएईद्वारा तीजको कार्यक्रम गरिने

लालबहादुर ढेंगा, दुबई, युएई
आगामी १८ अगस्त शुक्रबारका दिन दुबईको होलीडे ईन होटलमा नेपालबाट आउने अतिथि कलाकारहरुका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “तीज बिशेष साँझ २०७४” सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने भएको छ । सो कार्यक्रम महिलाहरुको महान पर्व तीजको अवसर पारेर रुपन्देही सेवा समाज युएईले पनि गर्न लागेको हो ।
उक्त कार्यक्रममा नेपालबाट आउने अतिथि कलाकारहरु चर्चित लोक गायक खुमन अधिकारी, लोक गायिका निर्मला थापा मगर र नायिका, मोडल तथा नृत्यगना बिना थापाका साथ ख्यातिप्राप्त स्थानीय कलाकारहरु भुवन मगर, कमल बिक, नरेन सापकोटा, बाबुराम परियार, सोनु राना, सुदीप गैरे, हरि डुम्रे, नविन अर्याल, शानिका थापा र अर्जुन न्यौपानेको प्रस्तुतीहरु रहने छ ।
महिलाहरुको पर्व नजिकिदै जांदा युएईमा तीजको चहलपहल तिब्र रुपमा बढ्न थालेको  छ । तयारीका लागि बजारमा महिलाहरुको घुईचो लागेको देख्न सकिन्छ । वैदेशिक रोजगारीका सिलसिलामा प्रवासको भूमिमा रहेता पनि यसपालिको तीजमा भने नेपालबाट आउने कलाकार खुमन अधिकारी, निर्मला थापा र बिना थापाका साथ छमछम्ती नाचेर माईतीको सम्झना मिटाउने भएका छन् । यस कार्यक्रमका लागि युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरु निकै उत्साहित भएको पाईन्छ ।
नेपालबाट आउने अतिथि कलाकारहरु युएईको दर्शकहरुका लागि नौलो होईन, खुमन अधिकारी पाचौं औं पटक आउंदै छ भने निर्मला थापा मगर दोस्रो पटक आउंदै छ । त्यसैगरी बिना थापा पनि तेस्रो पटक आउने भएको हो । परिचित कलाकारहरु भएकाले धुलो उडाउने पूर्व तयारी भएको पाईन्छ । कार्यक्रम हुने विशाल हलमा नाच्न र बस्नको लागि बिशेष व्यवस्था पनि गरिएको छ ।
सन् २०१४ मा रुपन्देही वासीहरुको पहलमा स्थापना भएको रुपन्देही सेवा समाज युएईले स्थापनाकालदेखि उद्धार कार्यहरुमा आफ्नो सहभागिता जनाउंदै विभिन्न पर्वहरु पनि मनाउंदै आएका छन् । आयोजक समिति कार्यक्रम तयारीका लागि सशंक्त रुपमा लागिपरेको छ । कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा रहेको जानकारी अध्यक्ष हरिप्रसाद चापागाईले दिएको छ । यसै समाचारको आधारमा उपस्थितिका लागि सबैलाई आग्रह समेत गरेको छ ।

‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ बनाइने

काठमाडौँ, १४ साउन । योगाभ्यास र पञ्चकर्मबारे सेवा दिन बुढानिलकण्ठमा अन्तर्राष्ट्रियस्तरको योग सेन्टर बन्ने भएको छ ।

स्वास्थ्य मन्त्रालय, आयुर्वेद विभागको करिब १४ रोपनी जग्गामा ‘राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेन्टर’ निर्माण हुन लागेको हो ।

विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले सामान्य जनतादेखि विशिष्ट, अति विशिष्ट व्यतित्वका लागि ठूलो योग सेन्टर बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘अहिले त्यहाँ प्रशासनिक भवन बन्दैछ, जसका लागि रु एक करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ, अन्य भवनका लागि नक्साङकन डिजाइन भइरहेको छ र पुरै भवनको मास्टरप्लान बन्दैछ, यो प्रोजेक्ट सम्पन्न गर्न करिब रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।’’

सेन्टरले मानिसलाई योग गर्नुपर्छ भन्ने बानीको विकास गर्ने विभागको भनाइ छ । केन्द्रमा सेन्टर बनाएपछि सातै प्रदेशमा यस्तो योग केन्द्र खोल्ने योजना छ, जुन नसर्ने रोगको न्यूनीकरणमा महत्वपूर्ण हुने बताइएको छ ।

सेन्टरमा स्वस्थ जीवनशैली, सन्तुलित खानपान, योग, पञ्चकर्म, अकुपञ्चरलगायतका सेवा दिई नसर्ने रोगका लागि काम हुने महानिर्देशक उपाध्यायको भनाइ छ । रासस

गृहमन्त्री शर्माद्वारा मोबाइलबाटै सम्बोधन

बागलुङ, १४ साउन । कार्य व्यस्तताले उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले यहाँको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गर्नुभएको छ ।

बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उहाँले मोबाइलबाट मन्तव्य राख्नुभयो ।

शनिबार दिउँसो करिब ५ मिनेट काठमाडौँबाटै अधिवेशनलाई सम्बोधन गर्नुभएका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिनुभयो ।

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो । “अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ”, गृहमन्त्री शर्माले भन्नुभयो ।

“मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ” मन्त्री शर्माले भन्नुभयो, “राष्ट्रिय पूँजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।”

उहाँले आउँदो १५ वर्षभित्र मुलुक आर्थिक विकासको नयाँ चरणमा पुग्ने समेत दाबी गर्नुभयो ।

अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिनुभयो ।

अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् । रासस

प्रधानमन्त्रीले भनेजस्तै संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ ः सचिव भट्टराई

काठमाडौँ, १४ साउन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताउनुभएको छ ।

गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले यहाँ आज आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उहाँले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिनुभएको हो ।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव एकैपटक गर्ने कुराको उल्लेख गर्दै उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । हामीले उहाँले भनेको कुराको यसको समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।”

उहाँले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले मंसिरमा नै दुवै निर्वाचन गर्नेगरी क्षेत्र निर्धारण आयोगले आफ्नो कामलाई गति दिनुपर्ने धारणा राख्नुभयो ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले अझै पनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको कुरा उठाएर निर्वाचनमा जान आनाकानी गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा राख्नुभयो ।

छ वटा प्रदेशमा जसरी संविधान संशोधनबिना नै निर्वाचन भए जस्तै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने दाबी गर्नुभयो । रासस

बस दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

इटहरी, १४ साउन । धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३६२३ नम्बरको बस आज अपराह्न इटहरी हलगडा क्षेत्रमा पल्टिँदा सोही बसमा यात्रारत मोरङ उर्लावारी–४ का मनोज विकको मृत्यु भएको छ ।

दुर्घटनामा अरु पाँच यात्रु घाइते भएका छन् ।

धरानबाट इटहरीतर्फ आउँदै गरेको उक्त यात्रुवाहक बस तीव्रगतिका कारण सडकदेखि पाँच मिटर तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका विकको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घाइते पाँचैजनाको इटहरीस्थित स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । रासस

उपत्यकाका सडकमा ८८ प्रतिशत खाल्डा पुरिए

काठमाडौँ, १४ साउन । मेलम्चीको पानी वितरणका लागि खनिएका उपत्यकाको सडकका ८८ प्रतिशत खाल्डा पुरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

सडकमा बनेको खाल्डाखुल्डीका कारण एक विद्यालयकी छात्राको निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र पुर्न सरोकार भएका कार्यालयलाई निर्देशन दिनुभएको थियो । साउन १५ गतेअगावै खाल्डा पुरी सक्नेगरी काम गरे पनि मौसमका कारण १२ प्रतिशत काम बाँकी रहेको निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिनुभयो ।

“लाजिम्पाट–महाराजगन्ज क्षेत्रमा खाल्डा पुरे पनि कालोपत्र गर्न बाँकी छ, मौसमका कारण कालोपत्र गर्न सकिएको छैन, रातोपुल–गौशाला र चाबहिल–चुच्चेपाटी क्षेत्रमा पनि केही काम बाँकी छ”– उहाँले भन्नुभयो ।

मौसमले साथ दिए दुई दिनमा बाँकी सबै सडकमा अस्थायी कालोपत्र गरिने निर्देशनालयले जनाएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र स्थानीय तहले पुर्नुपर्ने सडकका खाल्डाखुल्डीको काम पनि धेरै सम्पन्न भएको जनाइएको छ । रासस

एनआरएनएको मेगा प्रोजेक्ट सेसनमा तात्तातो छलफल


गैर आवासीय नेपाली संघको दशौैं यूरोपेली क्षेत्रीय बैठक र आठौं महिला सम्मेलनको उद्घाटन सत्रको समापन पश्चात् सञ्चालित पहिलो प्यानल छलफल मेघा प्रोजेक्ट तात्तातो छलफलपछि अर्थपूर्ण रुपम सम्पन्न भएको छ ।
मेघा प्रोजेक्ट अन्तर्गत नेपालमा सञ्चालित लाप्राक पुनर्निमाण, संघको भवन निर्माण र प्रस्तावित भिजन २०(२० को अवधारणा पर्दछन् । संघका सचिव अर्जुन कुमार श्रेष्ठ बाट मोडरेशन गरिएको उक्त्त सेसनमा अध्यक्ष शेष घले सभापति र संघको केन्द्रिय समितिका पदाधिकारीहरु प्यानल सदस्य थिए । लारप्राक मोडल भिलेजको प्रगतिको  रुपमा एक वृतचित्र प्रस्तुत गर्दै अन्य मेगा प्रोजेक्टका बारेमा आफ्नो विचार राखे । भिजन २०-२० को अवधारणामा अध्यक्ष घलेले बोलेपछि सो सम्बन्धमा तातो बहस सुरु भयो । आफ्नो प्रतिक्रिया ब्यक्त्त गर्दै संघका महासचिव डा. बद्रि के।सी। ले गत बर्ष अमेरिकामा सम्पन्न क्षेत्रिय सम्मेलनमा भिजन २०-२० लाई छलफलका लागि आईसिसिमा प्रस्तुत गर्ने निर्णय गरेको तर अझसम्म पनि छलफलका लागि प्रस्तुत नगरिएको मा आफ्नो असन्तुष्ति पोखे । छलफल कै क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पुर्व अध्यक्ष जिवा लामिछाने ले भिजन २०-२० का लागि संघ भित्र पर्याप्त छलफल र अन्तरक्रिया पश्चात मात्र निर्णय गर्नु पर्नेमा जोड दिए । अधिकांश वक्त्ताहरु ले गैर-आवासीय नेपाली नेपाली संघ एक सामाजिक संस्था भएको उल्लेख गर्दै यसलाई कम्पनि वा कर्पोरेटको रुपमा पुनस्संरचना गर्न नहुने विचार राखे । अध्यक्ष घलेले बदलिँदो परिप्रेक्ष्यमा गैर-आवासीय नेपाली संघको सशक्त्तिकरणका लागि भिजन २०-२० आवश्यकता रहेको बताएका थिए । भिजन २०-२० जस्तो संवेदनशिल बिषयमा पनि सचिव अर्जुन कुमार श्रेष्ठले कार्यक्रमलाई ज्यादै सहज र प्रभावकारी रुपमा संचालन गरे ।

यूरोपेली भेलालाई  एनआरएन अभियन्ताहरुद्वारा सम्बोधन

गैर आवासीय नेपाली संघको दशौं यूरोपेली बैठक तथा आठौं महिला सम्मेलनलाई  विभिन्न एनआरएन अभियन्ताहरुले सम्बोधन गरेका छन् ।
भेला आयोजक मुलुक जर्मनीका एनआरएनए एनसिसी अध्यक्ष नवराज रोस्याराको स्वागत मन्तव्यबाट सुरु भएको उक्त शुभकामना मन्तव्यमा आफ्नो मन्तव्य प्रकट गर्दै संघका विभिन्न पदाधिकारी एवं एनआरएनहरुले यूरोपेली भेलाको सफलताको कामना गरे ।
नेपालीहरुले आफ्नो देश बनाउन सक्छन् ः कुमार पन्त
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ स्थापना भएको आज १४ वर्ष भएको छ स्मरण गराउँदै शुरुमा संस्था स्थापनाकालमा संस्थापक अग्रजहरु नेपाली सामु पुग्दा यिनीहरु किन आए भन्ने खालका प्रश्नहरु गरिन्थ्यो तर अहिले आएर तिनै प्रश्नकर्ताहरुले समेत हाम्रो अभियानलाई बुझिसकेका छन् । तसर्थ अब हामीले मात्र बुझेर पुग्दैन प्रवासको दोश्रो पुस्तालाई जबसम्म हाम्रो अभियानमा समेट्न सकिंदैन तबसम्म संघको सपना पूरा नहुने भन्दै त्यसैले नेपालीहरुले नै दुबई, कतार र मलेशिया जस्ता देशहरु बनाउन सकेका छन् भने हामी नेपाल बनाउन किन सक्दैनौं भन्दै अब संसारभर छरिएर रहेका हामी नेपाली एकजुट हुनु पर्ने कुरा औंल्याए ।
उपलब्धी हुन नसके प्रथा कै लागि बैठक आयोजना गर्नुको अर्थ हुँदैन ः जीबा लामिछाने
कार्यक्रमलाई सम्बोधन गर्दै संघका प्रमुख संरक्षक जीबा लामिछानेले स्थापनाकालमा हामीले समग्र नेपालको विकासमा योगदान गर्ने भनेको बताउँदै हामीले उठाएका मुद्दाहरुलाई अहिलेसम्म आइपुग्दा सकारात्मक रुपमा हेरेको पाईएको छ । लामिछानेले ती मुद्दाहरुमा के कति उपलब्धी भए भनेर समीक्षा गर्नु पर्ने बेला भएको भन्दै नौ पटक यूरोपेली बैठक सम्पन्न भईसकेको छ तर उपलब्धी हासिल नहुने हो भने प्रथा कै लागि बैठक आयोजना गर्नुको कुनै अर्थ हुँदैन भन्दै लामिछानेले उपलम्बधीमूलक भेला एवं बैठकहरुमा जोड दिए ।
आफूलाई सुधारौंः  उपेन्द्र महतो
कार्यक्रमलाई सम्बोधन गर्दै संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले हामीले अरुलाई ठगे पनि आफूले आफैंलाई ठग्न नसक्ने भएकोले आफैं लज्जित हुने कार्यमा नलाग्न आग्रह गरे । त्यसैगरी महतोले गैर आवासीय नेपाली संघ साधारण कामदारदेखि विभिन्न पेशागत विज्ञहरु र विद्यार्थीहरु समेतको साझा संस्थाको रुपमा एक अद्वीतीय संस्था रहेको बताउँदै क्षेत्रीय बैठकमा राष्ट्रिय समन्वय परिषदका प्रगति प्रतिवेदन प्रस्तुत गर्ने बेलामा ज्यादै न्यून सहभागिता रहेको चर्चा गर्दै चुनावी कुरा भएको भए हजारौंको संख्यामा उपस्थित हुने तर यस्ता उपलब्धीमूलक कार्यहरु हुने बेलामा चाहिँ कम उपस्थिति हुनु दुःखलाग्दो भन्दै सबैलाई एक भएर एनआरएन अभियानमा सहभागी हुन आग्रह गरे ।
मातृभूमिप्रतिको दायित्ववोध र पवित्र भावना बाहेक हामीसँग अरु कुनै स्वार्थ छैनः अध्यक्ष घले
भेलालाई सम्बोधन गर्दै गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अब हामीले आफ्नो अभियानको वर्तमान सम्मको यात्राको समीक्षा गर्दै आगामी यात्रामा अगाडि बढ्न आग्रह गरे । त्यसैगरी उनले नेपालीका लागि नेपाली भन्ने नारा सहित हामीले विदेशमा सिकेको सीप र पूँजि नेपाल मै लगानी गरौं र नेपाललाई समृद्ध बनाउँ भन्ने परिकल्पनालाई साकार पार्न हामी आफ्नो कामबाट केही समय निकालेर यस सुन्दर स्थानमा उपस्थित भएका छौं । त्यसैगरी उनले हाम्रो देश धनी नभएर विदेशमा जति सफलता प्राप्त भए पनि हामीले ईज्जत पाउन सक्दैनौं भन्ने बुझेर नै हामी गैर आवासीय नेपाली संघको अभियानमा लागेका हौं भन्दै मातृभूमि प्रतिको दायित्ववोध र पवित्र भावना बाहेक एनआरएनहरुसँग अरु कुनै स्वार्थ नभएको औंल्याए ।
त्यसैगरी घलेले शुरुआति दिनमा एनआरएनहरुको छबि केबल नेपालसँग माग मात्र राख्ने जमातको रुपमा चिनिएको स्मरण गराउँदै त्यो स्वभाविक थियो किनकी नेपालमा राजनीतिक स्थिरता थिएन द्वन्दको अवस्था थियो, लगानीको वातावरण नै थिएन भन्दै हामीले राष्ट्रको सम्वृद्धिमा साझेदारीको परिकल्पना गरेको र केही मागहरु अगाडि सारेको बताए । त्यसैगरी उनले गैर आवासीय नेपाली संघको लगानी नेपालमा भित्र्याउनको लागि कानुनी आधारको माग गर्दै अगाडि बढेको र अहिले आईपुग्दा नेपाल सरकारले धेरै मागहरु पनि पूरा गरिसकेको प्रशंग उल्लेख गर्दै हामीले नेपालमा जारी भएको नयाँ संविधानमा गैर आवासीय नेपालीहरुको नागरिकताको व्यवस्था गरिएको पनि उल्लेख गर्दै आगामी अक्टोबरमा हुने विश्व सम्मेलन पश्चात् आफूले नेतृत्व छाडेर नयाँ नेतृत्वलाई सुम्पने बताए ।

शारदाको सारी फरर

तिजको गितप्रति सबै क्षेत्रका ब्यक्तित्वहरुको मोह बढ्दै गै्रहेको छ ।
यस बर्षको तिज नजिकीदै गर्दा हजार बढी गित तथा भीडीयोहरु निर्माण भैसकेको छ । यसैबीच संञ्चार क्षेत्रमा अब्बल प्रस्तुती दिंदै लोकप्रीय बनेकी शारदा थापाले यहि तिजमा नाचिन्छ सारी फरर बोलको तिज गित भीडीयो सहित सार्वजनिक गरेकी छन् ।
हाल एबीसी टेलीभीजन र टाईम्स एफ एममा कार्यरत जादुमय भर्सटाईल स्वर भएकी शारदाले आधा दर्जन गीतहरुमा स्वर दिईसकेकी छन् भने यो उनको दोश्रो तिज गित हो । बिनोद विश्वकर्माको शब्द संगित रहेको गितको भीडीयोमा दिपक एम सींहको कोरीयोग्राफी रहेको छ ,भने दिपेश थापा मगरले भीडीयो निर्देशन गरेका छन् ।
युना राई मोडल रहेको तिज गित सारी फररले बजारमा तिज गितको बाहनामा आईरहेको भड्कीलो गितहरुलाई चुनौति दिएको छ । गितमा अत्यन्त सरल शब्दमा हांसी खुशी तिज मनाऔ भन्ने सन्देश रहेको गायिका शारदाले बताईन् ।

एनआरएनए दशौं यूरोपेली बैठक जर्मनीको फ्रयाङ्कफर्टमा शुरु (फिचर सहित)

यूरोपमा नेपाली एकता समृद्ध नेपालको आवश्यकता भन्ने मूल नाराका साथ गैर आवासीय नेपाली संघको दशौं यूरोेपेली क्षेत्रीय बैठक तथा आठौं महिला भेला जर्मनीको फ्रयाङ्कफर्टमा शुरु भएको छ ।


दुई दिनसम्म चल्ने उक्त भेलाको कार्यक्रमका प्रमुख अतिथि जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले गरे।
समारोहमा गैर आबासीय नेपाली संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो,बर्तमान अध्यक्ष शेष घले तथा पुर्ब अध्यक्ष जीवा लामिछाने लगायत एनआरएन अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको छ। युरोप संयोजक कुल आचार्यको अध्यक्षतामा भईरहेको कार्यक्रममा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोसायराले स्वागत गरेका छन्।


बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने भएको छ। निर्माणधिन भवनका लागि करिब २ करोड आर्थिक सहयोग जुटाउँने लक्ष्य बैठकले राखेको छ।युरोपेली बैठकमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका अध्यक्षहरु तथा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ।

तस्बिरस्( राजेन्द्र रसाइली

जनसंख्या र भूगोललाई आधार मानी निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव

पोखरा, १४ साउन । जनसंख्या र भूगोललाई मुख्य आधार मानी संघीय र प्रदेश सभाका सदस्यको निर्वाचन क्षेत्र निर्धारण गर्न सुझाव दिइएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न राजनैतिक दल,नागरिक समाज, कानून व्यवसायी, सञ्चारकर्मी, भूगोलविद्, उद्यमी एवं व्यवसायीसँग गरेको राय सुझाव अन्तरक्रिया कार्यक्रममा उहाँहरुले जनसंख्यालाई ५१ र भूगोललाई ४९ प्रतिशत आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गरिए सबैलाई मान्य हुने बताउनुभएको थियो ।

स्थानीय तहको गठन गरिँदा केही ठाउँका सेवाग्राहीलाई अपायक भई सेवा लिन निकै कठिन भएकाले निकै सुझबुझका साथ संघीय र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने र कास्कीलाई साविककै चारवटै निर्वाचन क्षेत्र कायम गर्नुपर्नेमा उहाँहरुको जोड थियो ।

निर्वाचन क्षेत्र निर्धारण आयोगका सदस्य डा विश्वकल्याण पराजुलीले सहभागीबाट प्राप्त महत्वपूर्ण राय, सुझाव र परामर्शले निर्वाचन क्षेत्र निर्धारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले दिएको २१ दिनभित्र निर्वाचन क्षेत्र निर्धारण गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले यस अवधिमा रातदिन खटेर तोकिएकै समयमा आयोगको मापदण्डभित्रै रहेर प्रतिवेदन बुझाउने जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली काँग्रेसका सभापति कृष्ण केसी, एमालेका अध्यक्ष कृष्ण थापा, माओवादी केन्द्रका राजकाजी गुरुङ, राप्रपाका जयलाल पुन, भूगोलविद् कृष्ण केसी, निमित्त प्रजिअ झलकराम सुवेदीलगायतले आ–आफ्नो सुझाव दिनुभएको थियो । रासस

डा महत र भारतीय जनता पार्टीका महामन्त्रीबीच भेटवार्ता

काठमाडौँ, १४ साउन । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत र भारतीय जनता पार्टीका महामन्त्री राममाधवबीच आज बिहान नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भाजपा आबद्ध बुद्धिजीवीहरु (थिङट्याक) इन्डियन काउन्सिल फर इन्टरनेशनल कोअपरेशनद्वारा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध र भूराजनीतिक अवस्था’ विषयक गोष्ठीमा प्रमुख अतिथिका रुपमा सहभागी हुन डा महत नयाँ दिल्ली पुग्नुभएको हो ।

नयाँ दिल्लीबाट डा महतले दिनुभएको जानकारीअनुसार उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै वर्तमान, राजनीतिक अवस्थाका विविध विषयमा कुराकानी भएको थियो ।

त्यसअवसरमा नेता डा महतले नेपालमा सम्पन्न स्थानीय तहको निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचनको तयारीका विषयमा नेता माधवलाई जानकारी गराउनुभएको थियो ।

उहाँहरुबीच नेपाली काँग्रेस र भाजपाबीच आगामी दिनमा असल सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा समेत कुराकानी भएको थियो । रासस

ट्रम्पद्धारा ‘चिफ अफ स्टाफ’ परिवर्तन

वासिङटन, १४ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ट्विटमार्फत जोन केलीलाई गृह मामिला मन्त्रीमा नियुक्ति गरिएको सार्वजनिक गर्नु भएको छ ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यालय ह्वाईट हाउसका चिफ अफ स्टाफ राइन्स प्रिबसलाई हटाएर नयाँ गृह मामिला मन्त्री नियुक्त गर्नु भएको छ । प्रिबसको ठाउँमा जोन केलीलाई नियुक्त गर्नु भएको उहाँले ट्विटमार्फत् जानकारी दिनु भएको छ ।
उहाँले ट्विटमा लेख्नु भएको छ, “म विनम्रतापुर्वक जानकारी गराउन चाहन्छु की ह्वाईट हाउसको गृह मामिला मन्त्रीमा रुपमा जनरल सेक्रेटरी जोन एफ केलीलाई नियुक्त गरेको छु ।”
“उहाँ एक दमै राम्रो अमेरिकी नागरिक हुनुहुन्छ, एकदमै राम्रो नेता हुनुहुन्छ, जोनले होमल्याण्ड सचिवको रुपमा एकदमै राम्रो काम गर्नुभएको छ,” उहाँले अगाडी थप्नु भएको छ, “उहाँ मेरो प्रशासनको एउटा चम्किलो तारा हो । ”
“देशको लागि समर्पित भएको र सेवा गरेकोमा मैले राइन्स प्रिबसलाई धन्यबाद दिन चाहन्छु, उहाँको निपूर्णताको म गौरव गर्दछु,” बाहिरिदै गरेका कर्मचारी बारे ट्रम्पले भन्नुभएको छ ।
ट्रम्पले लेख्नु भएको छ, “तर मलाई सफल बनाउनका लागि उहाँ जनरल जोन केली भन्दा राम्रो हुनुहन्छ भन्ने मलाई लाग्दैन । ”
ह्वाइट हाउसका नयाँ सञ्चार निर्देशकले सूचना चुहाएको अभियोग लगाएको भोलिपल्ट राष्ट्रपति ट्रम्पले प्रिबसलाई हटाएर केलीलाई नियुक्त गर्नु भएको हो ।
यसअघि ट्रम्पकै दबावमा उहाँ सञ्चार सचिवले राजिनामा दिनु भएको थियो । राष्ट्रपतिका रुपमा ट्रम्पले जिम्मेबारी सम्हालेको ६ महिना मै आफैले नियुक्त गरेका धेरै सहयोगी तथा सल्लाहकारहरु विभिन्न कारणले बाहिरिएका छन् । रासस÷सिन्ह्वा

अफगानिस्तानमा सुरक्षा अधिकारीको हताहति बढ्यो

काठमाडाँै १४ साउन । केही दिन अघि अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक दुर्गम जिल्लामा रहेको सैनिक पोष्टमा तालिवान आतङ्ककारी गरेको आक्रमणमा कम्तीमा २६ सैनिकको मृत्यु भएको सरकारले जानकारी दिएको थियो । तर योभन्दा बढी सङ्ख्यामा सैनिक हताहत रहेका अनुमान गरियो । यस आक्रमणका क्रममा १२ सैनिक बेपत्ता नै रहेका जानकारी दिइएको थियो ।

दश वर्षभन्दा लामो समयदेखि दक्षिण एसियाली देश अफगानिस्तानमा शान्ति सुरक्षा प्रदान गर्ने काममा खटिइरहेका नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) सैनिकले सन् २०१४ को अन्त्यमा अफगानिस्तान छोडेपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर हुँदै गइरहेको देखिन्छ । सन् २००१ मा अमेरिकाको न्युयोर्कस्थित ट्वीन टावरमा अल कायदाको आतङ्ककारी आक्रमणमा सयौँं निर्दोष व्यक्ति मारिएपछि उक्त सञ्जालका नेता ओसामा बिन लादेनलाई खोजी गर्ने क्रममा अमेरिकी नेतृत्वमा नेटो सेना अफगानिस्तान प्रवेश गरेको थियो ।

त्यस्तै, देशका राष्ट्रिय सेना तथा नेटो सेना परिचालन एवम् द्विपक्षीय आन्तरिक शक्ति व्यवस्थापन गर्ने प्रयोजनवश अफगास्तिान सरकारको अनुरोध र संयुक्त राष्ट्र सङ्घको सर्वसम्मत निर्णयमा सन् २००३ को अगस्टदेखि नेटोआवद्ध अन्तर्राष्ट्रिय सुरक्षा सहयोग बल (आइएसएएफ) नामक नयाँ सैनिक सङ्गठनको स्थापना भएको थियो । यस सङ्गठनमा विश्वका ४२ राष्ट्रका राष्ट्रिय सेना संलग्न थिए ।

आइएसएएफ गठन हुनुपूर्व अमेरिकी नेतृत्वका नेटो तथा अफगानिस्तानी राष्ट्रिय सेनाको संयुक्त गठबन्धन शक्तिले सन् २००१ अक्टोबर देखि २००३ सम्म मुख्यतया तालिवान आतङ्कवादी र अन्य सशस्त्र विद्रोही विरुद्ध निरन्तर युद्ध जारी राख्यो । यसरी १३ वर्षसम्म जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन तथा अफगानिस्तान र आसपासका भूमिलाई आतङ्कवादबाट मुक्त गर्न योगदान दिँदै आएका थिए ।

सन् २०१४ मा अफगानिस्तानमा शान्तिको अवस्था छाएर नेटो आवद्ध सेनाले आफ्नो फिर्तीको तयारी गरेको भने थिएन । यद्यपि यस अघिका अवधिको तुलनामा हत्या र आतङ्कका शृङ्खलामा कमी भने निश्चय नै आएको थियो । तालिवान विरुद्धको युद्ध मैदानबाट नेटोका सेना घर फर्किँदा उनीहरुमा जे जस्तो खुसियाली छाएको थियो, त्यसरी ढुक्क हुने अवस्था भने सबै अफगानिस्तानी जनताहरुमा भएको थिएन । हाल जुन किसिमबाट अफगानिस्तानी सुरक्षाकर्मी तथा सर्वसाधारणको हत्याको क्रम बढेको छ, यसले त्यहाँ नेटो सेनाको अभाव झनै खट्किएको अवस्थाको सिर्जना गरिदिएको छ ।

मध्य तथा दक्षिण एसियाली क्षेत्रमा विगत एक दशकभन्दा बढी समयदेखि अत्यन्त अशान्त रहेको देश अफगानिस्तानबाट सन् २०१४ को डिसेम्बर ३१ बाट नेटो आवद्ध प्रायः सैनिक फर्किएका थिए । नेटो सैन्य बलको फिर्तीसँगसँगै अफगानिस्तानमा मात्र नभएर दक्षिण एसियामा नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चिन्ता बढेकै थियो–त्यस बखत भोलिको अफगानिस्तानको राजनीतिक अवस्थालाई बिचार गरेर । युद्ध सकिएको तथा देशको सुरक्षा अब अफगानिस्तानी सेना स्वयंले गर्न सक्ने नेटो सैन्यबल फर्किए ता पनि त्यहाँ केही अमेरिकी सेनालाई थप केही समय फिर्ता नलग्ने निर्णय गरिएको थियो । ती सैनिकलाई युद्ध गर्न मैदानमा भने नखटाइने तर अफगानिस्तानी सैनिकलाई युद्धकला सम्बन्धि तालिम, सल्लाह र सहयोग मात्र गरिने घोषणा भएको थियो ।

यसै अनुरुप, सन् २०१५ को जनवरीदेखि १२ हजार ५०० जतिको सङ्ख्यामा बाँकी रहेका अमेरिकी सैनिकको भूमिका रणस्थलको अग्रपङ्क्ति योद्धाको रुपमा नरही तालिम प्रदायक वा सहजकर्ताको रुपमा रहेको थियो । आतङ्कवाद विरुद्ध अफगानी सुरक्षा शक्तिलाई तालिम दिने, युद्धकला सिकाउने, सैन्य मनोबल बढाउने र मुलुकमा शान्ति बहाल नरहेसम्म अन्य सबै खाले सामरिक सहयोग निरन्तर कायमै राख्ने गरी अमेरिका र अफगानिस्तानबीच तीन वर्ष जति अघिसम्पन्न भएको द्विपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भए अनुरुप यो व्यवस्था कायम गरिएको थियो ।

लामो समयसम्म सत्तामा रही आफ्नो देशको भू(बनोट, प्राकृतिक, खनिज, कृषिलगायत सम्पूर्ण राष्ट्रिय आर्थिक श्रोतसाधन र जनआकांक्षासँग राम्ररी परिचित तालिवानहरु सन् २००१ मा शासनको पतनपछि सशस्त्र विद्रोही एवम् खतरनाक आतङ्ककारीमा रुपान्तरित भएका थिए । तालिवान आतङ्ककारीले सोही वर्षदेखि आफ्ना भाइचारा विरुद्ध सुरु गरेका तीव्र हत्या–हिंसाको शृङ्खलाले केही बर्ष विश्राम नपाउने गहिरो चिन्ता धेरैले त्यही बखत नै प्रकट गरेका थिए । नेटो सैन्यबलको प्रबेशपश्चात् भने केही रक्तपात भए पनि स्थायी शान्ति आउने आशामा अफगानिस्तानी जनताहरु एवम् प्रजातान्त्रिक विश्व ढुक्क थियो ।

सन् २०१४ को डिसेम्बरमा नेटो सैनिक फिर्ता गरिने घोषणा गरिएलगत्तै अफगानिस्तानी जनता र प्रजातान्त्रिक विश्वलाई चिन्तित बनाएको थियो । असङ्ख्य सुरक्षाकर्मी तथा महिला बालबालिकासहित हजाराँै निर्दोष नागरिकलाई निर्दयतापूर्वक आम नरसंहार मच्चाउँदै आएका तालिवान आतङ्ककारी समूहलाई नेटो सैनिक फिर्ता भएपछि, अफगान सैनिक शक्ति एक्लैले मात्र तह लगाउन र मुलुकमा शान्ति कायम गराउन सफल होला भन्ने प्रश्नले त्यसै बखत प्रजातान्त्रिक विश्वलाई चिन्तित नपारेको होइन । त्यस चिन्ता हाल यथार्थमा परिणत भएको छ । अफगानिस्तानमा केही वर्ष यता भएका भीषण आतङ्ककारी आक्रमण र युद्ध विभिषिकाहरुमा भएका नागरिक र सुरक्षा कर्मीको हताहतिले देश कहाँ पुग्ने हो विश्व जगतलाई थप चिन्ताको बिषय भएको छ ।

नेटो सैन्यबलको फिर्तीपछि अफगानिस्तानमा सुरक्षाकर्मीलक्षित आक्रमणहरु बढेका छन् । सन् २०१५ को तुलनामा २०१६ मा अफगानिस्तानमा सुरक्षाबलको हताहतिको सङ्ख्या ३५ प्रतिशतले बढ्यो । अमेरिकाआवद्ध एउटा अनुगमन संस्था – सिगारका अनुसार सन् २०१६ मा आतङ्ककारी आक्रमणमा परी सैनिक र प्रहरीगरी छ हजार आठ सयको मृत्यु भएको थियो । सन् २०१७ मा यो सङ्ख्या अझै उच्च हुने लक्षण देखा परेको छ । यस वर्षको सुरुदेखि नै सुरक्षाकर्मी हताहतिको सङ्ख्यामा अचाक्ली वृद्धि हुँदै गएको समेत सिगारले बताएको छ ।

अफगानिस्तानमा सन् २००१ मा संयुक्त सेना प्रवेशगरी तालिवान आतङ्ककारी विरुद्ध कारबाही सुरु गरेयता सन् २०१४ को अन्त्यसम्म नेटोसँग पूर्ण वा आशिकरुपले आवद्ध सुरक्षाकर्मी छ हजार आठसय पैंतीस जना र अफगास्तिान राष्ट्रिय प्रहरी चौध हजार एकसय त्रिहत्तर जना समेत जम्मा एक्काइस हजारभन्दा बढीले ज्यान गुमाई सकेका र यसभन्दा बढी सङ्ख्यामा घाइते वा अङ्गभङ्ग भएका अफगानिस्तानी प्रतिरक्षा तथा गृह मन्त्रालयको तथ्याङ्कले देखाएको थियो ।

अफगानिस्तान युद्धको पहिलो पाँच वर्षमा वृहत् सङ्ख्यामा अमेरिकी सैनिकले ज्यान गुमाउनुपरेको थियो भने दोस्रो पाँच वर्षे कालमा भारी सङ्ख्यामा बेलायती तथा क्यानाडेली सैनिक पनि परेका थिए । मुख्यतः देशका हेल्माण्ड र कान्दाहार प्रान्तमा रहेका आतङ्ककारीको गढ मानिने दुर्गमस्थलमा मानव रहित युद्धक विमान–ड्रोन आक्रमण केन्द्रित रहेको थियो । त्यस्तै आइएसएएफलाई सामरिक योगदान सहयोग गर्ने अस्ट्रेलिया, न्युजिल्याण्ड, स्वेडेन, फिन्ल्याण्ड, जर्जिया, जोर्डन, अल्बानिया र दक्षिण कोरियाका प्रशस्त गैर नेटो सैनिकहरुले पनि बलिदान दिएका थिए ।

नेटो तथा अन्य सैनिकको १३ वर्षसम्मको अपार बलिदान पछिको अफगानिस्तानमा नयाँ वर्ष २०१५ सँगै नयाँ आशाका किरणहरु पलाउलान् भन्ने आशा गरिएको थियो । साथै अफगान सुरक्षाकर्मी आफैंले नेता, जनता र सिंँगै देशको सुरक्षाको सम्पूर्ण जिम्मेबारीको भार आफ्नै काँधमा बोक्ने छन् भन्ने भरोसा पनि गरिएको थियो ।

अफगानिस्तानका शान्तिप्रेमी जनताका साथै भौगोलिक सीमा जोडिएका इरान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान र चीन तथा सार्कआवद्ध यस क्षेत्रका अन्य छिमेकी देशहरु पनि सन् २०१५ को सुरुवातसँगै अहिलेको जस्तो दिनहूँजसो नरसंहारका घटना कदापि सुन्न चाहँदैन थिए । अफगानिस्तान युद्धको प्रत्यक्ष प्रभाव पाकिस्तानमाथि परिरहेको छ ।

भौगोलिक सीमाना जोडिएको, आवत जावतमा सुगमताका साथै भाषा, भेष, जाति, धर्म, संस्कृति र अन्य धेरै सामाजिक तत्वहरुको मेलका कारण युद्ध र तालिवान आतङ्कबादको प्रत्यक्ष पीडा पाकिस्तानले पनि बेहोरिरहेको छ । यी सबै मुलुकहरु शान्त र समृद्ध अफगानिस्तान चाहन्छन् र त्यसका लागि अफगानिस्तानी सेना नै आत्म निर्भर र सक्षम होओस् भन्ने चाहन्छन् । अफगानिस्तानले पूर्ण राजनीतिक स्वतन्त्रता, आतङ्कवादबाट मुक्ति र मुलुकको समग्र विकासतर्फ सही मार्ग पहिल्याउनेमा प्रजातन्त्रप्रेमी विश्व समुदाय अझै पनि आशावादी छन् । मोहिनी मिश्र रिसाल/रासस÷विभिन्न समाचार एजेन्सीको सहयोगमा

उपत्यकाबाट २९ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, १४ साउन । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाभियानको २२० औँ हप्तामा आज टेकु दोभानस्थित नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, नेपाली सेना, नेपाल प्रहरी, मुक्तिनाथ विकास बैंक, पहिलो पाइला, न्यानो स्पर्श, नेपाल नदी संरक्षण संस्था, जीवन विज्ञान, हलेसी डेकोर, युरेसिया रेयुकाइ, गायत्री परिवार, नेपाल विज्ञापन संघ, साया समूह, सेवा समाज, ब्लु क्रस अस्पताल एम्बुलेन्सलगायत २८ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सफाइमा नायिका एवं वाग्मती सभ्यतादूत मनिषा कोइराला, पूर्व सचिवद्वय किशोर थापा र डा कृष्णचन्द्र पौडेल, अधिकार सम्पन्न वाग्मतीका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठ, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, वाग्मती अभियन्ता डा लक्ष्मी पौड्याल, अर्जुन धरेल, गोकुल थापा, टंकराज आचार्य, किशोरसिंह शाही, नारायणकुमार श्रेष्ठ, चक्रबहादुर चन्द, मेघ आलेलगायत ५०० जनाको सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजले गरेको १८१ औँ हप्ताको सफाइमा दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० भन्दा बढीको उपस्थिति थियो ।

रुद्रमती सफाइको १७९ औँ हप्तामा आज रातोपुलदेखि ज्ञानेश्वर हुँदै आनन्द भैरव मन्दिरसम्म सफाइसहित घरदैलो गरियो । घरदैलोसहितको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा भएको अभियानका क्रममा ज्ञानेश्वर मार्गमा सडक विस्तार कार्यक्रमलाई अभियानले सघाएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइको १५१ औँ हप्तामा आज गोंगबु नयाँ बसपार्क क्षेत्रको नदी किनारमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढीको सहभागिता थियो ।

तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रको वाग्मतीमा गरेको १२७ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सकारात्मक मातृशक्ति आवाजले आलोकनगर मीनभवन क्षेत्रमा गरेको १६ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै आलोकनगरको गाँजा फँडानी गरिएको थियो । सफाइमा ६५ जनाको सहभागिता थियो ।

चक्रपथ सफाइको १६ औँ हप्तामा आज गोंगबुको बिजी मल अघि सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० जनाभन्दा बढी अभियानकर्मीको सक्रियता थियो । रासस

‘अब मुलुकमा आर्थिक क्रान्ति गर्नुपर्छ’ : अर्थमन्त्री कार्की

काठमाडौँ, १४ साउन । धावन क्षेत्रमार्फत भोजपुरलाई विश्वमा चिनाउने ‘अल्ट्रा’ धाबिका सुश्री मीरा राईलाई आज यहाँ सम्मान गरियो ।

उनी धावन क्षेत्रमा ‘एड्भेञ्चर अफ दि इयर’ जित्न सफल भएकी थिइन् ।

भोजपुरे सेवा समाजले आयोजना गरेको कार्यक्रममा उहाँलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्मान गर्नुभएको हो ।

कार्यक्रममा अर्थमन्त्री कार्की, पूर्वअर्थमन्त्री शङ्कर कोइराला र सोलुखुम्बुका समाजसेवी गोमा शेर्पालाई पनि सम्मान गरिएको थियो ।

सो अवसरमा अर्थमन्त्री कार्कीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणभएपछि २००७ सालदेखिको नेपाली जनताको सपना पूरा भएको उल्लेख गर्दै अब मुलुकमा राजनीतिक आन्दोलन समाप्त भई आर्थिक क्रान्ति गर्नुपर्ने बेला आएको छ भन्नुभयो ।

नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकारले देशमा राजनीतिक स्थायित्वको विकास गर्दै नेपाललाई समृद्ध राष्ट्र निर्माण गर्नका लागि मुलुकको अर्थतन्त्रलाई उकास्न आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

अर्थमन्त्री कार्कीले नेपालको निर्यात घटेको र आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै देशमा आयात न्यूनीकरण गर्ने चुनौति रहेको धारणा व्यक्त गर्नुभयो ।

जलस्रोत, कृषि र पर्यटनको माध्यमबाट देशलाई सम्पन्न गर्ने बताउँदै उहाँले भोजपुरबाट तराई जोड्ने सडकको सुदृढिकरण र आवश्यक पुल निर्माण गर्नेतर्फ सरकारले ध्यान दिने छ भन्नुभयो ।

अर्थमन्त्री कार्कीले जापान सरकारले नेपाललाई विभिन्न क्षेत्रमा गर्दैआएको सहयोगको सरहाना पनि गर्नुभयो ।

पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले मुलुकको दिगोे आर्थिक विकासका लागि सरकारले गम्भीर भएर कार्य गर्नुपर्ने आवश्यकता आंैल्याउनुभयो ।

नेपालका लागि जापानी राजदूत मासासी ओगावा, सांसद जयन्ती राई, तारादेवी राई तथा मोहनकुमार राईको पनि कार्यक्रममा सहभागिता थियो ।

कार्यक्रममा मन्त्री कार्कीले भोजपुर समाजको वेवसाइट www.bhojapur. com.org सेवाको पनि शुभारम्भ गर्नुभयो ।

समाजका अध्यक्ष पासाङग दोर्जे शेर्पाेको सभापतित्व कार्यक्रम सम्पन्न भयो । रासस

विश्व बाघ दिवशः बाघको संरक्षण चुनौतीपूर्ण

रत्ननगर (चितवन), १४ साउन । सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघमध्ये सबैभन्दा बढी १२० बाघ चितवन निकुञ्जमा छ । बाँकेमा चार, पर्सामा सात, शुक्लाफाँटामा १७ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकोमा अहिले बढेर ६२ पुगेको छ । चितवनमा आज बाघ दिवस मनाइएको छ ।
चितवनको सौराहामा भजनचुड्कासहित बाघ संरक्षणका कार्यक्रम गरियो । मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक ¥यालीसहित कार्यक्रम गरेको थियो

बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छ । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ । त्यसैले आजको सातौँ विश्व बाघ दिवशलाई ‘स्वास्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रित भएका छन् ।

सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ । अब लक्ष्य पूरा गर्ने नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ ।

यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्याँक निकाल्दै छन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।
बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहाराप्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित हुनुपर्छ ।

बाघ जोगाउनका लागि मुख्य समस्या चोरी शिकार हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् ।

जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउनुहुन्छ निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ ।

सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्व मै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ । मुख्य गरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्नुहुन्छ ।

पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ । हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ ।

मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।

बाघ आफैँमा लजालु र मानिस देखे भाग्ने प्रजाति हो । “उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा बस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ, बाघको आनिवानीबारे डा पोखरेलले भन्नुभयो, मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो ।” अब हामीले नै उ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने तर्क डा पोखरेलको छ ।

बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउनुहुन्छ । चितवनमा समुदायसँगकै हातेमालोमा बाघ गैँडाको संरक्षण प्रभावकारी भइरहेको छ । मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउनु हुन्छ ।
एकजना चराविज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउनुहुन्छ । समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उहाँले बासस्थान र आहारा प्रजाति जोगाउनु आजको चुनौती भएको उल्लेख गर्नुभयो । नारायण ढुंगाना/रासस

गाउँपालिकाभरि यातायात अवरुद्ध

बागलुङ, १४ साउन । जिल्लाको दुर्गममा पर्ने तमानखोला गाउँपालिकामा यातायात अवरुद्ध हुँदा स्थानीयवासी प्रभावित भएका छन् ।

वर्षा लागेसँगै यातायात अवरुद्ध हुँदा उनीहरु प्रभावित भएका हुन् । स्तरीय सडक र पक्की पुलको अभावमा स्थानीयवासीलाई गाउँपालिकाको केन्द्र बोङ्गादोभान पुग्न पनि १० किलोमिटर पैदल हिँड्नुपर्ने बाध्यता छ । सिंगो गाउँपालिकामा यातायात ठप्प रहेको सो गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

बुर्तिवाङ, खुङ्गा हुँदै बोङ्गादोभान जोड्ने र म्याग्दीको दरबाङबाट तमान जोडिने दुबै सडकमा यातायात सेवा अहिले रोकिएका छन् । ‘खोला बढ्नासाथ यातायात रोकिन्छ, सडकमा पहिरोको उस्तै समस्या छ’ अध्यक्ष बुढाले भन्नुभयो, “अब दिगोरुपमा समाधान खोज्छौं ।” उहाँले शिक्षा, स्वास्थ्यसँगै यातायातको क्षेत्रमा गाउँपालिका पछाडि परेको बताउनुभयो ।

अहिले बुर्तिवाङ हुँदै हुन्द्राफेदीसम्म चलेका गाडी लुकुरवन खोलामा पुल नहुँदा तमानखोला छिर्नसकेका छैनन् । यस्तै, नजिकैको भालिबाङघाट खोलामा पनि तत्काल पक्की पुलको आवश्यकता छ । गाउँपालिका केन्द्र बोङ्गादोभानसम्म बाह्रैमहिना यातायात चलाउन दुई पुल बनाउनुपर्ने भए पनि ६ वटै वडामा पुल बनाउनुपर्ने देखिन्छ । पुल सँगसँगै सडकको पनि स्तरोन्नति नगरिए समस्या उस्तै रहने वडा नं– ३ का व्यवसायी कुलबहादुर बुढाले बताउनुभयो ।

उहाँले ८ वर्षअघि सञ्चालनमा आएको ‘ओखरबोट–सोलेडाँडा–तमान’ सडक पनि स्तरोन्नतिको अभावमा वर्षायाममा अवरुद्ध हुनेगर्छ । तमानखोला गाउँपालिका जान म्याग्दी भएर जाने उक्त सडक पनि हिउँदमा मात्र चल्ने गर्छ । ‘सडकमा यातायात रोकिएपछि म्याग्दीको दरवाङबाट खच्चरमा सामान ढुवानी गर्नुपर्ने बाध्यता छ’ अध्यक्ष बुढाले भन्नुभयो ।

यातायात नचलेपछि महँगोमा उपभोग्य सामान गाउँमा पुग्ने गरेको छ । टाढाको दुरीमा हिँडेरै यात्रा गर्नुपर्दा सर्वसाधारणलाई ठूलो सास्ती व्योहोर्नु परेको छ । मध्यपहाडी लोकमार्ग छोडेर बुर्तिवाङबाट तमानखोला गाउँपालिका छिर्दा सडकको अवस्था अत्यन्त जीर्ण रहेको सो गाउँपालिकाका कार्यकारी अधिकृत खिम विकले बताउनुभयो । मापदण्ड विपरीत मनपरी ढंगाले खनिएका सडकले समस्या निम्त्याएको उहाँको भनाइ छ ।

‘सडकको ‘ग्रेड’ नै छैनन्, मनपरी खनिएको छ’ कार्यकारी अधिकृत विकले भन्नुभयो । विकट र भिरालो भूगोलका कारण सडकमा पहिरोको समस्या बढिरहेको उहाँले बताउनुभयो । कार्यकारी अधिकृत विककाअनुसार गाउँपालिकाको चालु आवको बजेटमा सडकलाई प्राथमिकता दिइएको छ । गाउँपालिकालाई राष्ट्रिय राजमार्गमा जोड्ने र अन्य आन्तरिक गरी १३ वटा सडक आयोजनालाई बजेट छुट्ट्याइएको छ ।

यस्तै, आठ स्थानमा पक्की पुल निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने भएको छ । ‘सडक र यातायात हाम्रो मुख्य प्राथमिकतामा छ, सडक निर्माणलाई व्यवस्थित गर्छौं’ अधिकृत विकले भन्नुभयो, “मनपरी सडक खन्ने क्रम रोकेर सम्भाव्यता अध्ययनपछि मात्र खन्छौं ।”

गाउँपालिकाले ग्रामीण सडक खन्न प्रयोग हुने ठूला उपकरणको पनि अनुगमन र नियमन गर्ने जनाएको छ । गाउँपालिकाको अनुमति लिएर मात्र त्यस्ता उपकरण प्रयोग गर्न पाइने व्यवस्था गर्न लागिएको छ । सदरमुकामदेखि २४ कोस पश्चिममा रहेको तमानखोला गाउँपालिका जिल्लाकै सबैभन्दा दुर्गम मानिन्छ । रामबहादुर थापा/रासस

सिआइबीले प्याउली घट्नाको अनुसन्धान थाल्यो

भोजपुर, १४ साउन । मृत अवस्थामा भेटिएका तीन बालबालिका घटनाका विषयमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान शुरु गरेको छ ।

भोजपुर अरुण गाउँपालिकामा–३ प्याउलीका रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जित सापकोटा तथा चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा फुयाँल र ८ वर्षीय छोरा प्रदीप फुयाँल म¥याङडाँडाको पोखरीमा गत असार १२ गते मृत अवस्थामा फेला परेका थिए ।

प्रहरी नायब उपरीक्षक दधीराम न्यौपाने नेतृत्वको टोलीले शुक्रबारबाट उक्त घटनाको अनुसन्धान शुरु गरेको हो ।

उक्त घटनाका सम्बन्धमा यसअघि क्षेत्रीय प्रहरी कार्यलयले अनुसन्धान गरिरहेका थिए । अनुसन्धान ढिला भएको भन्दै स्थानीयवासी आन्दोलित भएपछि अब भने केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाका विषयमा अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा सत्य, तथ्य र यर्थात वाहिर ल्याउन तथा अनुसन्धान प्रभावकारी बनाउनका लागि दबाब दिने उद्देश्यले स्थानीयवासी आन्दोलनका विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । अनुसन्धानलाई प्रभावकारी बनाउने हो भने आगामी सात दिनसम्म कुनै पनि विरोधका कार्यक्रम नगर्ने सघर्ष समितिका संयोजक राजकुमार खत्रीले जानकारी दिनुभयो । रासस

झुलनोत्सवमा रमझम झुलेको मिथिला

गौशाला, १४ साउन । मिथिलाञ्चललगायत तराई मधेशसहित महोत्तरी जिल्लाको विभिन्न मठमन्दिरमा परम्परागतरुपमा मनाइने झुलनोत्सव पर्वको रमझम शुरु भएको छ ।

साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइने सो झुलनोत्सवको अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा राखी बाजागाजाका साथ भगवान् रामसिताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लगिने परम्परा रहेको छ ।

सो पर्व शुरु हुनुभन्दा अगाडि मठमन्दिरबाट लावालस्कर बाजागाजा तथा मंगलगानका साथ भव्य जुलुश निकाली पर्वको शुरुवात गर्ने गरिन्छ । झुलनोत्सव पर्व मिथिलाञ्चल भारतको तिरहुत विहार क्षेत्र जनकपुरको जानकी मन्दिर, मटिहानीको लक्ष्मीनारायण मठलगायत धनुषा, महोत्तरी, सर्लाही, सिरहा, रौतहट, सप्तरी, पर्सा, बारा जिल्लाको विभिन्न मठमन्दिरमा करिब एक महिनासम्म मनाइने धार्मिक परम्परा रहेको छ ।

झुला घरमा रामसिताको मूर्ति राखी धार्मिक गीत र भजनकीर्तनका साथ राति अबेरसम्म झुलामा राखी झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथ दास वैष्ण्वले बताउनुभयो । भगवान् रामसिता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ

सांस्कृतिक परम्पराका रुपमा प्राचीन महोत्तरीको मटिहानीलगायत प्रायः अन्य मठमन्दिरमा झुला उत्सव साउन शुक्ल तृतीयादेखि पूर्णिमासम्म मनाइन्छ । यस अवधिमा झुलाका लागि सिंघासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता र राधाकृष्णका मूर्ति राखी झुलाउने परम्परा रहेको छ ।

झुला उत्सवको शुरुवात परापूर्वकालदेखि नै भएको मानिन्छ । सन्त खुला चौरमा अथवा कुनै रुखको छहारीमा बास बसे पनि आफ्नो झोलामा श्रद्धासाथ ल्याएका शालीग्रामलाई आसनमा राखी झुलाउने गर्दथे । सम्भवतः यो परम्परा त्यसैबेलादेखि शुरुवात भएको विश्वास पाइन्छ ।

सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामलीला लक्ष्मीनारायणलगायतका मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा रहेको छ ।

झुलाका समयमा गाँउघरका र वरपरका श्रद्धालु जम्मा हुने भजनकीर्तन गर्ने नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । रासस

ओझेलमा पर्दै क्षेत्रीय संग्रहालय

सुर्खेत, १४ साउन । प्रदर्शनीयोग्य पर्यटकीय आकर्षणका वस्तु नहुँदा वीरेन्द्रनगरस्थित क्षेत्रीय संग्रहालय ओझेलमा परेको छ ।

एकातिर उचित प्रचारप्रसार अभाव र अर्कोतिर प्रदर्शनीयोग्य साम्रगी नहुँदा आन्तरिक पर्यटकले मात्र अवलोकन गर्ने गरेका छन् । यही कारण मध्यपश्चिमको एकमात्र संग्रहालय अवलोकन गर्नेको संख्या निकै न्यून छ । संग्रहालयका प्रमुख नवराज अधिकारीका अनुसार एक वर्षमा नौ हजार २६२ ले मात्र अवलोकन गरेका छन् । तीमध्ये अधिकांश विद्यार्थी हुन् ।

अवलोकनकर्तामध्ये सार्क र तेस्रो मुलुकका पर्यटक अत्यन्तै न्यून छन् । सार्क मुलुकबाट आठ जना मात्र यहाँ आए । यस क्षेत्रका प्राचीन महत्व झल्किने वस्तु संग्रहित गर्नसके पर्यटक बढ्न सक्ने उद्योग वाणिज्य संघका प्रदेश संयोजक पदमबहादुर शाहीले बताउनुभयो । “संग्रहालयको विकास, स्तरोन्नतिका लागि आवश्यक बजेट व्यवस्था गरिनुपर्छ,” उहाँले भन्नुभयो, “नाममात्रको संग्रहालयले पर्यटन प्रवद्र्धन सम्भव छैन ।” संग्रहालयमा सुर्खेत घुम्न आउने बाहिरी जिल्लाका विद्यार्थी नै बढी छन् । गत आवमा चार हजार ६६५ विद्यार्थीले अवलोकन गरेका थिए ।

यसलाई विद्यार्थीका लागि अध्ययन केन्द्र बनाउन सकिने उनको सुझाव छ । तथ्याँकअनुसार बाँके, बर्दिया, दाङ, कैलाली, जाजरकोट, दैलेखलगायतका विद्यार्थी बढी आउने गरेका छन् । गत आवमा आगन्तुक शुल्कबाट रु एक लाख तीन हजार ६६ संकलन भएको थियो । आव ०७२÷७३ मा रु एक लाख नौ हजार ९६ राजस्व संकलन भएको थियो ।

संग्रहालयले विद्यार्थीका लागि पाँच, सर्वसाधारणका लागि १०, सार्क मुलुकका लागि ५० र सार्कभन्दा बाहिरका नागरिकका लागि रु १०० प्रवेश शुल्क तोकेको छ ।
संग्रहालयमा विभिन्न समुदायका वेषभूषा झल्कने पोशाक, गरगहना, पुरातान्त्रिक महत्वका सिक्का, भाँडाकुँडालगायत संग्रहित छन् । रासस

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts