२९ र ३० जुलाई २०१७ मा जर्मनीको फ्रयांकफर्टमा जारी गैर आवासीय नेपाली नेपाली संघ १० औं यूरोपेली क्षेत्रीय बैठक तथा ८ औं महिला सम्मेलन विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ ।
दुई दिनसम्म चलेको उक्त बैठकमा यूरोपका २७ देशहरु तथा अन्य मुलुकहरुबाट समेत आएका करिब ४०० भन्दा बढी गैर आवासीय नेपालीहरुको बाक्लो सहभागिता रहेको उक्त सम्मेलन लामो सयमदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा नयाँ संविधानको पूर्ण कार्यान्वयन र समृद्ध नेपालको निर्माणका लागि लगानीको वातावरण सिर्जना गर्नु पहिलो प्राथमिकता हो । त्यसका लागि नेपालका प्रमुख राजनीतिक दलहरुका बीचमा समृद्ध राष्ट्र निर्माणका लागि सहमति र सहकार्य को आह्वान, अन्तर्राष्ट्रिय मान्यता अनुसार कुनै पेशा, व्यवसाय वा अध्ययनका लागि शिलशिलामा १८२ दिन भन्दा बढी नेपाल बाहिर बस्ने नेपालीहरुलाई गैर आवासीय नेपालीको परिभाषाभित्र समेट्न गैर आवासीय नेपाली नियमावली २०६६ मा संशोधनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने, संघले यूरोप क्षेत्रीय बैठकबाट अगाडि सारेका योजनाहरु मध्ये नेपालका ग्रामिण क्षेत्रमा बैकिड. व्यवसाय सञ्चालन गर्ने योजनालाई अगाडि बढाउने, संघले सञ्चालन गरिरहेका परोपकारी तथा मानवहितसँग सम्बन्धी र अन्य परियोजनाहरु सफल पार्नका लागि यस क्षेत्रबाट भएका प्रतिवद्धता अनुसार सक्रियता जनाउन, राष्ट्रिय परिषदहरुमा यथासम्भव ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउन आग्रह गर्दै, अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान संशोधन, आगामी यूरोपियन क्षेत्रीय सम्मेलनको अवसरमा यूवा सम्मेलनको समेत आयोजना गर्न, नेपालको संविधानमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकताको मर्म र भावना अनुरुप गैरआवासीय नेपाली संघसंगको निकट सहकार्यमा यथाशिघ्र गैरआवासीय नेपाली संबन्धी ऐन बनाइ गैरआवासीय नेपाली नागरिकता वितरण गर्ने काम शुरु गर्न नेपाल सरकार तथा अन्य संबद्ध निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दै “भिजिट नेपाल युरोप अभियान २०१७” तथा “अतिथि देवो भवस्” अभियानलाई सफल बनाउँदै युरोप क्षेत्रबाट अत्यधिक मात्रामा पर्यटकहरु नेपाल भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधिहरुसंग समन्वय गर्दै नेपाल सरकारले आह्वान गरेको “भिजिट नेपाल इयर २०१८”लाई सफल बनाउन युरोपस्थित सबै एनसिसिहरुलाई अनुरोध गर्ने , गैरआवासीय नेपालीहरुको सकृयतामा नेपालका विभिन्न विद्यालयहरुमा विद्युतीय पुस्तकालयहरु स्थापना भैरहेको सन्दर्भमा ती पुस्तकालयहरुलाई व्यवस्थित गर्दै गैरआवासीय नेपाली संघको मातहतमा आफुले पढेको विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न सबै गैरआवासीय नेपालीहरुलाई आह्वान गर्ने लगायतका विषयहरुमा गहन छलफल तथा निर्णय गर्दै समापन भएको हो ।
Sunday, July 30, 2017
एनआरएनए १० औं यूूरोपेली बैठक २०१७ सम्पन्न
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment