गैर आवासीय नेपाली संघको दशौैं यूरोपेली क्षेत्रीय बैठक र आठौं महिला सम्मेलनको उद्घाटन सत्रको समापन पश्चात् सञ्चालित पहिलो प्यानल छलफल मेघा प्रोजेक्ट तात्तातो छलफलपछि अर्थपूर्ण रुपम सम्पन्न भएको छ ।
मेघा प्रोजेक्ट अन्तर्गत नेपालमा सञ्चालित लाप्राक पुनर्निमाण, संघको भवन निर्माण र प्रस्तावित भिजन २०(२० को अवधारणा पर्दछन् । संघका सचिव अर्जुन कुमार श्रेष्ठ बाट मोडरेशन गरिएको उक्त्त सेसनमा अध्यक्ष शेष घले सभापति र संघको केन्द्रिय समितिका पदाधिकारीहरु प्यानल सदस्य थिए । लारप्राक मोडल भिलेजको प्रगतिको रुपमा एक वृतचित्र प्रस्तुत गर्दै अन्य मेगा प्रोजेक्टका बारेमा आफ्नो विचार राखे । भिजन २०-२० को अवधारणामा अध्यक्ष घलेले बोलेपछि सो सम्बन्धमा तातो बहस सुरु भयो । आफ्नो प्रतिक्रिया ब्यक्त्त गर्दै संघका महासचिव डा. बद्रि के।सी। ले गत बर्ष अमेरिकामा सम्पन्न क्षेत्रिय सम्मेलनमा भिजन २०-२० लाई छलफलका लागि आईसिसिमा प्रस्तुत गर्ने निर्णय गरेको तर अझसम्म पनि छलफलका लागि प्रस्तुत नगरिएको मा आफ्नो असन्तुष्ति पोखे । छलफल कै क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पुर्व अध्यक्ष जिवा लामिछाने ले भिजन २०-२० का लागि संघ भित्र पर्याप्त छलफल र अन्तरक्रिया पश्चात मात्र निर्णय गर्नु पर्नेमा जोड दिए । अधिकांश वक्त्ताहरु ले गैर-आवासीय नेपाली नेपाली संघ एक सामाजिक संस्था भएको उल्लेख गर्दै यसलाई कम्पनि वा कर्पोरेटको रुपमा पुनस्संरचना गर्न नहुने विचार राखे । अध्यक्ष घलेले बदलिँदो परिप्रेक्ष्यमा गैर-आवासीय नेपाली संघको सशक्त्तिकरणका लागि भिजन २०-२० आवश्यकता रहेको बताएका थिए । भिजन २०-२० जस्तो संवेदनशिल बिषयमा पनि सचिव अर्जुन कुमार श्रेष्ठले कार्यक्रमलाई ज्यादै सहज र प्रभावकारी रुपमा संचालन गरे ।
Saturday, July 29, 2017
एनआरएनएको मेगा प्रोजेक्ट सेसनमा तात्तातो छलफल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment