Saturday, July 1, 2017

फ्रान्सेली इन्जिनियर सामुदायिक लज निर्माणमा

बेनी (म्याग्दी), १७ असार । अन्नपुर्ण गाउँपालिका– ५ मा रहेको खोप्रालेकमा सामुदायिक लजलाई आधुनिक र सुविधा सम्पन्न बनाउन फ्रान्सेली इन्जिनिय खटिनु भएको छ ।

पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको रोजाइँमा परेको खोप्रालेकमा रहेको सामुदायिक लज सुविधा सम्पन्न बनाउन फ्रान्सबाट आएका दुई जनाको सक्रियतामा स्थानीय जनशक्तिले करिब रु एक करोडको लगानीमा भूकम्प प्रतिरोधात्मक १२ कोठामा २० वटा बेड रहेको लज बनाइरहेको पाउद्वारका अगुवा एवम् लज व्यवस्थापन समितिका भिमप्रसाद तिलिजाले बताउनुभयो ।

३० जना स्थानीयवासीले समेत निर्माणमा रोजगारी पाएका छन् । लजमा आवश्यकपर्ने भौतिक निर्माणका साम्रगी खच्चड र स्थानीयवासीले बोकेर ढुवानी गरिरहेका छन् ।
लजमा शौचालयसहितको बाथरुम, सोलार, बैठक हल, डाइनिङसहित पूर्वाधार निर्माण भइरहेको खोप्रा, खयर क्षेत्रमा पूर्वाधार विस्तारमा सक्रिय क्याप्टेन राजु पुनले बताउनुभयो ।
पदमार्गमा रेलिङ, मर्मत, बस्ने टहरासहितका पूर्वधार विस्तारमा युकेमा रहेका शिखवासीको पहलमा रु एक करोड १५ लाख भन्दा धेरै लगानी भएको छ ।

समुद्री सतहबाट चार हजार ८०० मिटर उचाईमा अवस्थित खयरबराही मन्दिरमा जनैपूर्णिमाको दिन ठुलो मेला लाग्ने गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts