Monday, July 3, 2017

सुन्दहरैँचाको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले

विराटनगर, २० असार । मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

प्रमुख पदमा नेपाली काँग्रेसका शिव ढकालले १६ हजार ८२१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदार गुरागाईंले १५ हजार ८५३ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपप्रमुख पदमा एमालेकी धना तामाङले १५ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी विन्दा थापा दाहालले १३ हजार ९० मत ल्याउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts