Wednesday, July 26, 2017

महिलामन्त्री कोइरालाबाट पदबहाली

काठमाडौँ, ११ साउन । नवनियुक्त महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा खनाल कोइरालाले महिलामाथि हुने आपराधिक कार्य नियन्त्रण गर्नु आफ्नो पहिलो काम हुने बताउनुभएको छ ।

मन्त्रालयमा आज साँझ पदबहाली गर्दै उहाँले एक सय दिनभित्र नै जनतालाई महसुस हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिक जीवन शुरु गर्नुभएका उहाँले विसं २०५० देखि २०५८ सम्म जेल जीवन बिताउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रहेका कोइराला तनहुँमा जन्मिनुभएको हो । बिएडसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएको उहाँले स्थायी शिक्षकको जागिर छाड्नु भएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts