विशाल बस्नेत
यूएई
नेपालबाट अबैधानिक मानब ओसारपसार गर्ने दलाल प्रेम भनिने सुजन पाण्डेलाई कारबाहीको लागी अपिल गर्ने पत्रकारहरु बिरुद्ध युएइ स्थित नेपाली राजदुताबासले रोष प्रकट गरेको छ।
सदैब आफुहरु मजदुरकै पक्षमा रहदा पनि दुताबासलाइ समेत घटनामा जोडेको भन्दै पत्रकारहरुप्रती आपत्ती जनाएको हो ।
नेपालबाट टुरिष्ट भिसा बन्द भैसक्दा पनि अबैधानिक रुपमा १९ जना नेपाली कामदारसग मोटो रकम उठाइ युएइ ल्याएर अलपत्र पारेको आरोपमा पत्रकारहरुले दुताबाससग पाण्डेलाइ करबाहीको लागी अपिल गरेका थिए ।
यता मजदुरहरुको समस्या नै तोडमोड गर्ने गरी पत्रकारहरुले लगाएको आरोप्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै गत आइतबार दुताबासले एक बिज्ञप्ती समेत निकालेको छ ।
बिज्ञप्तीमा युएइमा रहेका नेपाली पत्रकारहरुलाइ प्रोपोगाण्डा र पित पत्रकारिताको आरोप लगाइएको छ ।
दलाललाइ कारबाही गर्न सकिँदैन ।
हिजो भएको एक छलफलमा कार्यबाहक राजदुत नेत्र प्रसाद टन्डनले दलाललाइ कारबाही गर्न नसकिने बताएका छन ।
पत्रकार र युएइमा रहेका राजनैतिक दलसग भएको छलफलमा उन्ले कारबाही गर्नलागी पनि पैसा चाहिने भएको हुनाले आफुहरुसग बजेट नभएको भन्दै दलाललाइ कारबाही गर्न नसकिने अडान लिएका हुन ।
छलफलमा भाग लिन गएका राजनैतिक दलका प्रतिनिधिहरुले टन्डनको गैरजिम्मेवार अभिब्यक्तीप्रती आपत्ती जनाउदै सम्बन्धीत निकायबाटै अपेक्षा नगरिएको अभिब्यक्ती आउनु युएइमा रहेका लाखौ नेपाली मजदुरहरुको अपमान भएको बताएका छन ।
उक्त छलफलमा भाग लिन गएका नेकपा माओबादी केन्द्रका एक जना प्रतिनिधि दिपक न्युपानेले आफ्नो फेसबुक वालमा लेखेका छन स्”एक जिम्मेवार प्रतिनिधि पात्रको रुपमा म पनि त्यहा उपस्थित थिए उहाको अभिव्यक्ति देख्दा लाग्थ्यो के न्यायका लागि हामी दूतावास आयका छौ या कुनै दलालका कुटिमा ।”
छलफलमा पत्रकारहरु प्रबेश गर्नासाथ टण्डन र दुताबासका कर्मचारीहरु छलफल नै छडेर बाहिर निक्लिएका थिए । पत्रकार प्रबेश गर्नुपुर्ब कार्याबाहक राजदुत टण्डनले दलाललाइ कुनै पनि कारबाही गर्न नसकिने भन्दै अडान लिएको छलफलमा सहभागी भएका राजनिती दलका प्रतिनिधिहरुले बताएका छन ।
पिडितहरुको अबस्था कस्तो छ ।
युएइमा काम लगाउने भन्दै दलाल सजान पाण्डेले काठमाण्डौ स्थित अर्थलाइन ट्राभल्सबाट १९ जनालाई युएइ ल्याएर अलपत्र पारेका थिए । पिडितहरु स्वयमले आफुहरुलाइ बन्धक बनाइ सारिरिक यातना समेत दिदै आएको भन्दै पत्रकारहरुसग हारगुहार गरेपछी खबर बाहिर आएको थियो ।
त्यसलगत्तै विभिन्न मिडियामा आबद्द युएइमा रहेका पत्रकारहरुले उक्त घटनालाइ प्रथामिकता दिएका थिए । मिडियाबाट प्रसार (प्रचारमा ल्याउनुको साथै उनिहरुले दुताबासलाइ समेत कारबाहीका लागी खबरदारी गरेका थिए ।
निरन्तर दबाबसगै १४ जना पिडितहरु अर्थलाइन ट्राभल्सले पैसा फिर्ता गर्ने सर्तमा नेपाल फर्किएका छन् भने ५ जना अझै अलपत्र अबस्थामा नै छन ।
Wednesday, July 26, 2017
मानव तस्करी गर्ने गिरोहलाई कारवाही गर्न सकिंदैन – कार्यवाहक राजदूत टण्डन, पत्रकारप्रति दूतावास पुर्वाग्रही
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment