काठमाडौँ, २ साउन । किर्गिस्तानको बिस्केकमा भएको एघाराँै एसियाली क्याडेट तथा १८ औँ एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कांस्यपदक हात पार्नुभएका मनिता श्रेष्ठ प्रधान आज सम्मानित हुनुभएको छ ।
नेपाल जुडो संघका उपमहासचिव एवम् बन्दी सहायता नियोग (पाम) का जुडो प्रशिक्षक सूर्य श्रेष्ठले मनितालाई विद्यालयको तर्फबाट सम्मानस्वरुप रु १५ हजार प्रदान गर्नुभयो । उक्त प्रतियोगितामा मनिताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौंँ अन्तर्राष्ट्रिय पदक जित्नुभएको थियो । मनिताले भारत, उज्वेकिस्तान र ताजकिस्तानका खेलाडीलाई पाखा लगाउनुभएको थियो ।
बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता मनिताले २००९ सालदेखि जुडो खेल्न सुरु गर्नुभएको थियो । सन् २०११(विसं २०६७।०६८तिर) मा काठमाडौंको धापासीमा भएको त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगिता मनिताको ‘डब्यु’ हो । सन् २०११ मै काठमाडौंमा भएको जुडो फर पिस दक्षिण एसिायली क्याडेट जुडो मनिताले खेलेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । ‘डेब्यु’ अन्तर्राष्ट्रिय सहभागितामै पदक जितेकी उनले त्यसमा कांस्य चुमिन् ।
मनिताले २०१२(विसं २०६८ । ०६९तिर) मा बंगलादेशको ढाकामा भएको आइजेएफ जुडो फर पिस दोस्रो दक्षिण एसियाली क्याडेट जुडोमा रजत, २०१३(विसं २०६९ । ०७०) मा भुटान–नेपाल जुडो टे«निङ क्याम्पका दौरान भएको प्रतियोगितामा स्वर्ण, २०१६(विसं२०७२।०७३) मा नेपालमा भएको सिडब्लुसिएन अन्तर्राष्ट्रिय जुडोमा स्वर्ण, भारतमा भएको १० औँ एसियाली क्याडेट तथा १७ औं एसियाली जुनियर जुडो प्रतियोगिताको क्याडेटतर्फ कांस्य पदक हात पार्नुभएको थियो ।
पुरस्कृत भएपछि मनिताले सो सम्मानले भविष्यमा अझ राम्रो गर्न हौसला मिलेको बताउँदै आगामी प्रतियोगितामा अझ राम्रो नतिजा ल्याउन प्रयास गर्ने दृढता व्यक्त गर्नुभयो । विद्यालयका प्रअ मैयादेवी मल्लले मनिताको सफलताले सम्पूर्ण विद्यालय परिवार गौरवान्वित भएको बताउनुभयो ।
एसियाली जुनियर जुडोमा मनितासहित पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि किरण गदेलले गत असार ३१ गते प्रतिस्पर्धा गर्नुभएको थियो । दुई खेलाडी पदकविहीन रहनुभयो । मनितासहितको खेलाडी टोली आइतबार स्वदेश फर्किएको थियो । रासस
No related posts.
No comments:
Post a Comment