Monday, July 3, 2017

घोराही उपमहानगरमा एमाले विजयी

तुलसीपुर (दाङ), १९ असार । दाङको घोराही उपमहानगरपालिका प्रमुखमा नेकपा (एमाले)का नरुलाल चौधरी २२ हजार ३० मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भूपबहादुर भण्डारीले १७ हजार ४८४ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, उपप्रमुखमा एमालेकै सीता न्यौपानेले २० हजार ७९२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा श्रेष्ठले १७ हजार ६०३ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts