सुरुङ्गा (झापा), १९ असार । कनकाई नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार बन्नुभएका राजेन्द्रकुमार पोख्रेल र उपप्रमुखमा मञ्जु प्रसार्इं विजयी बन्नुभएको हो । प्रमुखमा पोख्रेलले आठ हजार ६१६ मत तथा भने उपप्रमुखकी उम्मेदवार प्रसार्इंले आठ हजार ५७६ मत प्राप्त गर्नुभएको छ ।
उहाँहरुका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका एकराज उप्रेतीले छ हजार १९७ तथा कविता बस्नेतले छ हजार ५७९ मत प्राप्त गर्नुभएको छ । पच्चीस हजार २७२ मतदाता रहेको सो नगरपालिकामा १९ हजार १५६ मत खसेको थियो । रासस
No comments:
Post a Comment