काठमाडौँ, २४ असार । युवा बौद्ध समूह, काठमाडौँको १३ औँ महाधिवेशनले तेजनारायण मानन्धरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा मदन तुलाधर, द्वितीय उपाध्यक्षमा निर्मला कंसाकार, सचिवमा रजनी ताम्राकार, कोषाध्यक्षमा राजु शाक्य र सहसचिवमा नानीशोभा मानन्धर रहनुभएको छ । त्यसैगरी, सदस्यहरुमा त्रिरत्न तुलाधर (निवर्तमान अध्यक्ष), राजा शाक्य, अनिल स्थापित, युरिकाजी कंसाकार, सुदर्शना दर्शनधारी, सुरेन्द्रकाजी शाक्य र कल्पना तुलाधर छानिनुभएको छ ।
हरेक तीन वर्षमा गर्दै आएको महाधिवेशन अबदेखि हरेक दुई वर्षमा गर्ने समूहको निर्णयलाई पनि महाधिवेशनले अनुमोदन गरेको छ ।
महाधिवेशनका प्रमुख अतिथि भिक्षु प्रज्ञामूर्तिले धार्मिक संस्थाले क्षणिक लाभलाई हेरेर भन्दा दिगो र परिणाममुखी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
समूहका निवर्तमान अध्यक्ष त्रिरत्न तुलाधरले दुई कार्यकाल अध्यक्ष रहँदा बुद्ध धर्मको प्रवद्र्धन गर्ने अभियानमा हरतरहबाट समूहलाई सहयोग गर्ने सबै महानुभावहरुप्रति आभार व्यक्त भयो ।
समूहका सल्लाहकार पूर्वमन्त्री डा केशवमान शाक्यले विगतमा समूहले जनजातिसँग सहकार्य गरेर काम गरेको प्रतिफलस्वरुप मुलुकले संघीयता, धर्मनिरपेक्षता र समावेशिता पाएको बताउनुभयो ।
महाधिवेशनमा सचिव मदन तुलाधरले समूहको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रजनी ताम्राकारले आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो ।
विसं २०३९ मा स्थापित यो समूहले बुद्ध धर्म र दर्शनको प्रवद्र्धनका लागि जनजातिसँग मिलेर देशका विभिन्न भागमा जागरण शिविर सञ्चालन गर्दैआएको छ । रासस
Saturday, July 8, 2017
युवा बौद्ध समूहको अध्यक्षमा मानन्धर चयन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment