काठमाडौं, असार २३ । यही असार १४ गते दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तह निर्वाचनकोे आज शुक्रबार बिहान १० बजेसम्म ३२४
स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ६ जिल्लाका १० स्थानीय तहको मतगणना कार्य जारी छ ।
हालसम्म २९ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना कार्य जारी रहेका १ नम्बर प्रदेशको झापा जिल्लाको दमक, मेचीनगर र अर्जुनधारा नगरपालिका र मोरङ जिल्लाको विराटनगर महानगरपालिका तथा धनपाल गाउँपालिकाको मतगणना जारी छ ।
यसैगरी, सुनसरी जिल्लाको धरान उपमहानगरपालिका मतगणना जारी छ भने प्रदेश ५ को रुपन्देही जिल्लाको कोटहिमाइ गाउँपालिकाको मतगणना जारी रहेको छ । यस्तै, प्रदेश नम्बर ७ को कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र पुनरबास नगरपालिका तथा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको मतगणना कार्य जारी रहेको छ ।
Friday, July 7, 2017
३२४ स्थानीय तहको मतगणना सकियो, १० को जारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
No comments:
Post a Comment