काठमाडौँ, ३० असार । नेकपा (एमाले) बिहीबार धनुषाको मुझेलियामा भएको जीप दुर्घटनामा परी सलहेश संग्रहालय निर्माण समितिका सदस्य सरितादेवी चौधरीको निधन भएकामा र केन्द्रीय सदस्य रामरति रामलगायत दुर्घटनामा परी घाइते भएकामा दुःख व्यक्त गरेको छ ।
पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी घाइते रामसहित सबैको सुस्वास्थ्यको कामना गर्नुभएको छ । घाइते सबैको विराटनगर नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी पूर्व सांसद मञ्च नेपालले आफ्ना संस्थापक अध्यक्ष रामहरि जोशीको निधन भएकामा दुःख व्यक्त गरेको छ । मञ्चका कावा अध्यक्ष झलकनाथ वाग्लेले आज विज्ञप्ति जारी गरी शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । जोशीको बिहीबार ९१ वर्षका उमेरमा निधन भएको थियो । रासस
No related posts.
No comments:
Post a Comment