Wednesday, July 12, 2017

दुर्घटनामा वृद्ध महिलालको मृत्यु

मलेखु (धादिङ), २८ असार । त्रिपुरासुन्दरी गाउँपालिका अन्तर्गत सल्यानटार– २ सानागाउँमा जिपको ठक्करबाट आज एक वृद्ध महिलाको मृत्यु भएको छ ।

सल्यानटार स्थित सानागाउँमा ना १ ज ४२०० न को जिप पछाडि हटाउने क्रममा ठक्कर दिँदा ६० वर्षीया मङ्गली कुमालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनापछि सवारी चालकलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts