पाकिस्तान, १३ साउन । पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको छ ।
उहाँलाई भ्रष्टाचारको आरोपमा मुद्दा परेपछि धेरैको अपेक्षा अनुसार नै तत्काल कार्यालय छोड्न पनि अदालतले निर्देशन दिएको छ ।
न्यायधिस एजाज अफताल खानले अदालतमा जम्मा भीडकाबीच भन्नुभयो, “उहाँ संसदको सदस्यका रूपमा रहिरहन अयोग्य बन्नुभएको छ । त्यसैले उहाँले प्रधानमन्त्रीको कार्यालयमा रहने हैसियत पनि रहने छैन ।”
अदालतले राष्ट्रिय भ्रष्टाचार विरुद्धको विभागलाई आरोपबारे सरीफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ । प्रधानमन्त्री सरीफलाई गत बर्ष पानामा पेपर्समा सार्वजनिक भएको सूचना अनुसार लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको सम्लग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको छ ।
पाकिस्तानमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँचबर्षे पूर्ण कार्यकाल सम्पन्न गर्न सकेका छैनन् ।
धेरैजसो प्रधानमन्त्रीका कार्यकाल पुरा हुनुपूर्व नै शक्तिशाली सेना वा अदालतको हस्तक्षेपमा बाहिरिएको पाकिस्तानी इतिहास छ । अन्य केहीको आफ्नै दलद्वारा हटाइएका छन् , राजीनामा दिन दवाव दिइएको छ, वा कसैद्वारा हत्या गरिएको छ ।
पाकिस्तानको ७० बर्षको इतिहासमा सरीफ अदालतद्वारा अयोग्य घोषित हुने दोस्रो वहालवाला प्रधानमन्त्री हुनुभएको छ । अदालतले सन् २०१२ मा तत्कालिन प्रधानमन्त्री यूसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालिन बहालवाला राष्ट्रपति असिफ अली जर्दारी विरुद्ध भ्रष्टाचार आरोप चलाउन नमानी अदालतको मानहानी गरेको आरोपमा अयोग्य घोषणा गरेको थियो ।
Friday, July 28, 2017
पाकिस्तानको अदालतद्वारा सरीफलाई प्रधानमन्त्रीका रूपमा रहन अयोग्य घोषणा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment