Saturday, July 8, 2017

बालिकाको डुबेर मृत्यु

बर्दिवास, २४ असार । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–८ हाथिलेटमा आज १० वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो बाख्रा चराउन गाउँ नजिकैको फारलाइन वनक्षेत्र पुगेकी स्थानीय पृथ्वी दर्लामीकी १० वर्षीया छोरी प्रतिमा दर्लामीको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो ।

बाख्रा चराउन गएका बेला नजिकैको खोल्सीमा नुहाउन लाग्दा चिप्लेर गहिरो पानीमा पुगेर डुबेकी उनको मृत्यु भएको इप्रका, बर्दिवासका प्रहरी निरीक्षक वासु थापाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts