नुवाकोट, ३ साउन । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन् ।
नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् । साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लामाको खोजी भइरहेको छ । त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा राख्दा दुर्घटनाको जोखिम बढिरहेको छ । रासस
Tuesday, July 18, 2017
त्रिशूलीले बगाएर बेपत्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment