मलेखु (धादिङ), ३ साउन । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं २ रि गाउँस्थित प्रुन्दुङगाउँ पहिराको जोखिममा परेपछि गाउँबासी घर छाडेर जंगलमा बस्न थालेका छन् ।
केही दिनदेखिको वर्षाका कारण रिगाउँ मावि तलको भिर पहिरो लड्नै लागेको छ । जमिन फाटेर एक मि ठूलो धाँजा फाटेपछि प्रुन्दुङगाउँबासी घर छाडेर जंगलमा बसेको गंगाजमुना – २ का वडाध्यक्ष फैसिंह तामाङले बताउनुभयो ।
प्रुन्दुङ गाउँमा तामाङहरुका १२ घर छन् । गाउँबासी सबैले सोमबारदेखि नै घर छाडेको पहिरो प्रभावित अमृत तामाङले जानकारी दिनुभयो । यससँंगैको सल्लेमा पनि सात घर छन् । पहिराको जोखिम बढेकाले उनीहरु सबैको पुनःस्थापना गर्नुपर्ने अवस्थामा रहेको गाउँबासीको भनाइ छ ।
सदरमुकाम धादिङबेंसीबाट एक दिनको पैदल दूरीमा रहेको प्रुन्दुङ गाउँका बालबालिका र वृद्धलाई खुला आकाशमुनि बस्नुपर्ने भएपछि समस्या परेको र भूकम्पपछि गाउँमा जोखिम बढे पनि समाधान गर्न नसकिएको वडाध्यक्ष तामाङको भनाइ छ ।
वर्षाका समयमा गाउँ नजिकै सवारी साधन पुग्न सक्ने अवस्था छैन । गाउँमा आपत्कालीन अवस्थामा बस्नका लागि त्रिपाल समेत नभएको र सामुदायिक आवास भवन गाउँबाट टाढा भएकाले समस्या परेको गाउँबासीको गुनासो छ । गाउँ जोखिममा परेका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङमा खबर गएकाले गाउँबासीलाई सुरक्षित गरिने जानकारी दिइएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि रि गाउँबासी पहिराको उच्च जोखिममा रहे पनि वैकल्पिक व्यवस्था नहुँदा जोखिमपूर्ण अवस्थामा गाउँमा नै बस्दै आएका छन् । रासस
Tuesday, July 18, 2017
जमिन फाटेपछि गाउँबासीको जंगलमा बास
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment