इटहरी, ९ साउन । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ ।
भ्वाइस अफ चिल्ड्रेन इटहरीले यहाँ आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ समाजका सचेत वर्गका रुपमा रहनुभएका सञ्चारकर्मीले विशेष चासोका साथ हेर्नुपर्ने विचार व्यक्त गरियो ।
समाज रुपान्तरण र जिम्मेवार समाज निर्माण गर्दै राज्यको हरेक निकायलाई कर्तव्यप्रति जवाफदेही तुल्याउन सक्रिय सञ्चार क्षेत्रले जिम्मेवार भएर बाल हेल्प लाइन १०९८ को महत्वलाई बुझेर समाजका हरेक निकायलाई कर्तव्यनिष्ठ तुल्याउन सञ्चारकर्मी सक्रिय भएको अवस्थामा बालबालिका सडकमा आउने विषयसमेत रोकिने विश्वास गरिएको छ । कार्यक्रमका सहजकर्ता वक्ताहरुले सडकमा आउने बालबालिकाको संरक्षण र रोकथाममा राज्यले जति नै संवेदनशील भएर सक्रिय रहे पनि यसतर्फ सञ्चारमाध्यम सचेतनापूर्वक नलागेसम्म सडकमा आउने बालबालिकाको समस्याको निकास निक्लन नसक्नेतर्फ जोड दिनुभएको छ । गरिबी, अशिक्षा, परिवारको विखण्डन, बाल विवाह, अन्तर जातीय विवाह र पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने परिवारमा फैलिएको विकृति लगायतका कारणले बालबालिका सडकमा आउन बाध्य हुने गरेका घटनाहरु पनि विद्यमान रहन गएकाले अब त्यसतर्फ पनि सबैले ध्यान दिनुपर्ने कार्यक्रमका वक्ता एवं सहजकर्ताले विषयवस्तु औँल्याउनुभएको छ ।
त्यस कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेन अभियानका सुमन अधिकारी, राज घिमिरे, भरत थापा, अमर खड्का लगायतले सडक बालबालिकाले भोग्नु परेका समस्याका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीले पनि आ–आफ्नो अनुभव र दृष्टिकोण राख्नुभएको थियो । रासस
Sunday, July 23, 2017
सडक बालबालिका नियन्त्रणमा जोड
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment