Sunday, July 23, 2017

पहिरोले पुल भाँचियो

चौतारा, ९ साउन । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ ।

फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

विसं २०३८ मा आएका बाढीले तातोपानीस्थित मितेरी पुल र सो पुललाई बगाएको थियो । चिनियाँ सरकारको सहयोगमा करिब २ वर्षपछि सो पुल पुनः निर्माण भएको थियो । पुल भाँचिएपछि तातोपानीका बासिन्दालाई छिमेकी वडा र बाह्रबिसे आउनका लागि नाकाबन्दी नै लागेको स्थानीय समाजसेवी बहादुर शेर्पाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts