Friday, July 7, 2017

सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने

सोलुखुम्बु, २३ असार । सोलुदूधकुण्ड नगरपालिकाको पहिलो बैठकले सोलुदूधकुण्ड नगरपालिकाभित्रका ७० वर्ष पार भएका वृद्धवृद्धालाई घरमै उपचार गराउने निर्णय गरेको छ ।

नवनिर्वाचित नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा सहितका पदाधिकारीले नगरपालिकाभित्रका ७० वर्षमाथिका वृद्धवृद्धालाई घरमै चिकित्सक पु¥याएर उपचारसेवा दिने निर्णय गरेको हो ।

वृद्धवृद्धा बिरामी भएको जानकारी आएपछि घरमै चिकित्सक लगेर उपचार गर्ने र रोग जष्टिल भएमा अस्पतालसमेत लगेर निःशुल्क उपचार दिइने जनाइएको छ ।
यो निर्णय कार्यान्वयनका लागि चाँडै कार्यविधि बनाइने नगरप्रमुख शेर्पाले बताउनुभयो । सो नगरपालिकाको तथ्याङ्कअनुसार ७० वर्ष पार भएका वृद्धवृद्धाको सङ्ख्या ४६९ छ । उनीहरुले यसअघि उपचार खर्चबापत मासिक रु एक हजार प्राप्त गर्दै आएका थिए ।

योसँगै ६० वर्षमाथिका वृद्धवृद्धालाई निःशुल्क उपचार सेवा प्रदान गर्ने विषयमा समेत छलफल भइरहेको शेर्पाले बताउनुभयो । घरमै उपचारसेवा पाइने भएपछि नगरभित्रका वृद्धवृद्धाले खुशी व्यक्त गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts