Friday, July 7, 2017

धान दिवस मनाइयो

भद्रपुर, २३ असार । ‘दुई बाली धानखेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ नाराका साथ जिल्ला कृषि विकास कार्यालय भद्रपुर झापाले स्थानीय कलवलगुडीमा आज १४औँं राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाएको छ ।

प्रमुख अतिथि सांसद प्रेम गिरीले अधिकांश नेपाली जनता कृषिमा निर्भर रहेकाले यसको आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायीकरण हुनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय विकास अधिकारी खेमराज ओझाले कृषि बिना देशको आर्थिक विकास नहुने भएकाले त्यसतर्फ युवालाई समाहित गर्न सरकारले विभिन्न योजना ल्याएको बताउनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा एक लाख सात हजार ८०० हेक्टर जग्गामा पाँच लाख १७ हजार ९०० मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव आठ मेट्रिक टन रहेको छ । सो परिमाणमा धान उत्पादन भएको त्यसको बजार मूल्य रु १० अर्ब ३५ करोड ९३ लाख हुने वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

जिल्लामा करिब १२ प्रतिशत रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो । उक्त अवसरमा कार्यालयका उत्कृष्ट कर्मचारी थीरबहादुर श्रेष्ठलाई रु पाँच हजार र मिथिलेश पाण्डेलाई रु तीन हजार नगदसहित सम्मान गरिएको थियो ।

सो अवसरमा आयोजना गरिएको दौड प्रतियोगितामा पुरुषतर्फ प्रथम भएका प्रकाश राजवंशी, द्वितीय धर्मराज कटुवाल र तृतीय सुमित राजवंशी तथा महिलातर्फ प्रथम सुकमति राजवंशी, द्वितीय इन्दिरा श्रेष्ठ र तृतीय उर्मीला खवासलाई पुरस्कृत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts