काठमाडौँ, १ साउन । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध सङ्घसंस्था तथा क्लबको राष्ट्रिय महासङ्घको अध्यक्षमा आनन्दराज त्रिपाठी निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न भएको राष्ट्रिय अधिवेशनले त्रिपाठीसहित ३९ सदस्यीय कार्यसमितिलाई ४ वर्षका लागि सर्वसम्मत चयन गरिएको महासचिव महेश्वरप्रसाद शर्माले जानकारी गराउनुभयो ।
अधिवेशनको वरिष्ठ उपाध्यक्षमा दीपक सरकार र मेदनी सिटौला, खुला उपाध्यक्षमा डा. केदार दाहाल, प्रकाश रावल र सरिता हुमागाईं र महासचिवमा महेश्वरप्रसाद शर्मा चयन हुनुभएको छ ।
यसैगरी, प्रादेशिक उपाध्यक्षमा क्रमशः हेमकुमार कार्की, रामसेवक राय, अनिल सिलवाल, वेदप्रकाश पँगेनी, प्रदीप काफ्ले, खड्गबहादरु बुढा र अन्जु भट्ट निर्वाचित हुनुभएको छ ।
यस्तै, समितिको मानार्थ अध्यक्षमा हरिवंश किराँत, राष्ट्रिय अध्यक्षमा डम्बरवीर थापा र सल्लाहकार परिषद्को अध्यक्षमा प्राडा प्रेमनारायण आर्याल चयन हुनुभएको छ ।
महासङ्घको सचिवमा युवराज न्यौपाने र कुमुदा नेपाल, कोषाध्यक्षमा विकास लामा गुरुङ र सहकोषाध्यक्षमा राजकुमार केसी चयन हुनुभएको छ ।
शनिबारदेखि काठमाडौँमा शुरु भएको अधिवेशनमा ७५ जिल्लाका १५५ युनेस्को आबद्ध सङ्घसंस्था र क्लबका १७५ जना प्रतिनिधिको सहभागिता रहेको थियो । रासस
No related posts.
No comments:
Post a Comment