काठमाडौँ, २५ असार । भानु प्रतिष्ठानले यस वर्षको भानुजयन्तीमा साहित्यकार र संस्कृतिकर्मी गीताकेशरी र डा जगमान गुरुङलाई रथारोहण गराउने भएको छ ।
प्रतिष्ठानका तर्फबाट यस वर्ष विशेष आकर्षणका रुपमा साहित्यकार लक्ष्मण सापकोटालाई यही असार २८ गते राष्ट्रकवि माधव घिमिरेको निवास लैनचौर, काठमाडौँदेखि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निवास बखुंबहाल, ललितपुरसम्म भानुको पहिरनमा साहित्यिक दौड गराउने, असार ३० गते भानु सङ्गीत लहरी र असार ३१ गते विशेष कविगोष्ठी कार्यक्रम राखेको प्रतिष्ठानका महासचिव ऋषभ घिमिरेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले नेपाली जनकल्याण समिति कोलकाता र असम साहित्य सभाका पदाधिकारीलाई पनि भानुजयन्तीका अवसरमा निमन्त्रणा गरेको छ । समितिले १८ वर्षदेखि कोलकातामा भानुजयन्तीका साथ ‘बिहानी’ साहित्यिक पत्रिका प्रकाशन गरिरहेको छ । समितिका अध्यक्ष बद्रीविक्रम थापा, सचिव रामबहादुर थापा र नृत्यनिर्देशक दिलीप थापाले भानुजयन्तीका कार्यक्रममा सहभागिता जनाउने समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले जानकारी दिनुभयो । रासस
Sunday, July 9, 2017
राष्ट्रकवि–वाङ्मय शताब्दी पुरुषका निवाससम्म साहित्यिक दौड
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment