Sunday, July 2, 2017

रुपन्देहीमा माओवादीले खाता खोल्यो

लुम्बिनी, १९ असार । रुपन्देहीमा माओवादी केन्द्रले खाता खोलेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको अध्यक्षमा जित हासिल गर्दै माओवादी केन्द्रले खाता खोलेको हो ।

माओवादी केन्द्रका हीराकुमार केवट दुई हजार ४४२ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका मञ्जितकुमार यादवले दुई हजार ३११ मत ल्याउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि माओवादी केन्द्रकै सुन्दरमती हरिजनले दुई हजार २६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी अमृता उप्रेतीले दुई हजार १७२ मत प्राप्त गर्नुभयो ।

रुपन्देहीमा १६ वटा स्थानीय निकायमध्ये पाँचवटाको अन्तिम परिणाम आइसकेको छ । पाँचवटामध्ये एमालेले दुई, सङ्घीय समाजवादी फोरमले दुई र माओवादी केन्द्रले एक स्थानमा विजयी हासिल गरेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts