Sunday, July 2, 2017

लागुऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ, १९ असार । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आज बिहानै लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रभागले वीरगन्जबाट काठमाडौँ आउँदै गरेको ना ६ ख १५३५ नम्बरको यात्रुबाहक बसमा झोलाभित्र लुकाएर ल्याएको अवस्थामा आज बिहान ६.१५ बजे चेकपोस्टबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत मोतीयारी घर भएका १९ वर्षीय फुल महमद अन्सारी रहेका छन् । प्रभागका प्रमुख एवम् प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरले अन्सारीको साथबाट २५० एम्पुल डाइजेल्याब, १६९ एम्पुल फेनार्गन र १५० एम्पुल नुर्फिन बरामद गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेका अन्सारीबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts