Saturday, July 1, 2017

सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी

सल्लेरी (सोलुखुम्बु), १७ असार । सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर राई १००३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्वी स्वतन्त्र उम्मेदवार दीपक खड्काले ८७१ मत प्राप्त गर्नुभयो । खड्का नेपाली काँग्रेसको बागी उम्मेदवारको रुपमा स्वतन्त्रबाट उम्मेदवार हुनु भएको थियो ।

यस्तै उपप्रमुखमा एमालकै लक्ष्मी बस्नेत १६७३ मतसहित विजयी हुनुभएको थियो भने निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका खिलराज बस्नेतले ८४३ मत प्राप्त गर्नुभयो ।

५११३ मतदाता रहेको यस गाउँपालिकामा ३६६७ मत खसेको थियो । यो नेकपा एमालेको जिल्लामा दोस्रो जित हो । दूधकोसी गाउँपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भइ सकेको छ ।
एमालेका प्रमुखमा बुद्धिकिरण राई र उप प्रमुखमा जुनिता मगर विजयी हुनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts