Wednesday, July 12, 2017

नोबेल पुरस्कारका लागि कृति विश्वभाषामा अनुवाद हुनुपर्ने

कठमाडौं, २८ असार । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अंग्रेजीबाट नेपाली तथा नेपालीबाट अंग्रेजी भाषामा अनुवादको नयाँ अभियान चलाउनुपर्ने बताउनुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, अनुवाद विभागको आयोजनामा आज यहाँ भएको ‘अनुवाद साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदान र देवकोटाले लेख्नुभएका कृतिहरु’ विषयको गोष्ठीको उद्घाटन गर्दै जोशीले अंग्रेजी विद्वान् क्षितिशचन्द्र चक्रवर्तीले आफ्ना विद्यार्थी देवकोटाको अंग्रेजी शैलीबाट प्रभावित भई उहाँले ‘एडभान्स्ड एस्से’ कृतिमा देवकोटाका तीन निबन्ध समावेश गरेको जानकारी दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले नेपाली साहित्यलाई अंग्रेजी भाषामा अनुवाद गरी नेपाली भाषासाहित्यलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अनुवाद विभागका प्रमुख उषा ठाकुरले आफ्नो हालसम्मको कार्यकालमा विभागले २१ कृति अनुवाद गरेको जानकारी दिँदै अनुवादबाट नोबेल पुरस्कार प्राप्त हुन सक्ने बताउनुभयो ।
कार्यपत्र प्रस्तोता कृष्णचन्द्र शर्माले एक भाषाबाट अर्को भाषामा अनुवाद गर्दा मूल लेखकको भावलाई यथावत् रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै पूर्वीय दर्शनबाट प्रेरित देवकोटालाई वर्डस वर्थ, मिल्टन, शेक्सपियर तथा गेटेसँग तुलना गर्न सकिने बताउनुभयो ।
सो कार्यपत्रमाथि टिप्पणी गर्दै समालोचक गोविन्दराज भट्टराईले अनुवाद साहित्यमा पनि पुरस्कार दिनुपर्ने सुझाव दिनुभयो । साहित्यकार जङ्गब चौहानले रुसी महिला ल्युदमिला आगानिनाले देवकोटाका कृतिमा विद्यावारिधि गरेको जानकारी दिनुभयो ।
साहित्यकार कृष्ण धरावासीले भारतमा नेपाली साहित्य पु¥याउन बाधा भएको गुनासो गर्नुभयो । एकाउन्न वर्षका अवधिमा देवकोटाले करिब ८५ कृति लेखेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts