Friday, July 7, 2017

धनगढीमा काँग्रेस विजयी

धनगढी, २४ असार । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका प्रत्याशी विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज बिहान सार्वजनिक गरेको अन्तिम परिणामानुसार उपमहानगरपालिका प्रमुखमा काँग्रेसका नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल ११ हजार ५२७ मत पाउनुभएको छ । वड उपमहानगर प्रमुख हुनेमा पहिलो दलित हुनुुहुन्छ ।

उपप्रमुखमा काँग्रेसकै सुशीला मिश्र भट्ट १७ हजार ४०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की रुक्मिणी देवकोटाले १२ हजार ७६३ मत पाउनुभएको छ ।

छयहत्तर हजार ४३० मतदाता रहेको उपमहानगरमा ५४ हजार ६५६ मत खसेको थियो । खसेको मतमा प्रमुखमा तीन हजार ९८३ र उपप्रमुखमा दुई हजार ६८९ मत बदर भएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts