Tuesday, July 4, 2017

विराटनगरमा नेपाली काँग्रेसको अग्रता कायमै

विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।

प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले नौ हजार १२४ मत, नेकपा(एमाले)का विनोद ढकालले छ हजार ४४६ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले पाँच हजार ३५७ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखको पदमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीले सात हजार ७४०, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले तीन हजार ८१४ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौंधरीले तीन हजार ७३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts