Tuesday, July 4, 2017

टीकापुरको प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस

कैलाली, २० असार । कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

नगर प्रमुखका प्रत्यासी एमालेका टपेन्द्र रावलले सुरुवात देखिनै अग्रता लिएका नेपाल लोकतान्त्रिक फोरमका लोटन चौधरी र बीचमा अग्रता लिएका नेकपा (माओवादी केन्द्र) का ललितबहादुर थापालाई पछि पार्दै पाँच हजार ९५९ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका थापाले पाँच हजार ६१० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनप्रसाद रेग्मीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा भने नेपाली काँग्रेसकी केशरी विष्टले छ हजार २३६ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम माओवादी केन्द्रकी उम्मेदवार आशाकुमारी चौधरीले पाँच हजार ५५३ मत प्राप्त गर्नुभएको छ ।

गोदावरी नगरपालिकामा एमाले विजयी 

यसैगरी, कैलालीको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ ।

प्रमुखका प्रत्यासी एमालेका हरिसिंह साउदले नौ हजार ८७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका वीरेन्द्र भट्टले आठ हजार ४५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो ।

यसैगरी, उपप्रमुखमा एमालेकै रत्ना कडायत १० हजार २५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी भगवती पाठकले भने आठ हजार ९६२ मत प्राप्त गर्नु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts