विराटनगर, २२ असार । विराटनगर महानगरपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै छ ।
प्राप्त मतपरिणामअनुसार प्रमुख पदमा नेपाली काँग्रेसका भीम पराजुलीले १३ हजार ९६१, नेकपा (एमाले)का विनोद ढकालले नौ हजार ९९७ र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले नौ हजार ६१४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, उपप्रमुखमा काँग्रेसकी इन्दिरा कार्कीले १० हजार ७७८, नेकपा (माओवादी केन्द्र)की नमिता न्योपानेले छ हजार ३७९ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीले पाँच हजार ७२७ मत प्राप्त गर्नुभएको छ ।
सो महानगरपालिकाको १९ वटा वडामध्ये १, २, ३, ४, ५, १५, १६, १७, १८ र १९ गरी १० वटा वडाको मतगणना सम्पन्न भएको छ भने वडा नं ६ र १४ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस
Thursday, July 6, 2017
विराटनगरमा काँग्रेसको अग्रता कायमै
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment