Saturday, July 29, 2017

गाईघाट दिक्तेल सडकखण्डको बरुवा नदीमा पुल निर्माण सम्पन्न

गाईघाट (उदयपुर), १४ साउन । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित बरुवा खोलामा निर्माण हुँदै आएको पुल साढे तीन वर्षमा निर्माण कार्य पूर्णरुपमा सम्पन्न भएको छ ।

गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका अनुसार २०७१÷०७२ सालबाट निर्माण कार्य शुरु गरेको उक्त बरुवा पुल साढे तीन वर्षपछि हालै आएर पूर्णरुपमा निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त पुलको लम्बाइ २०५ मिटर रहेको छ भने चौडाइ साढे नौ मिटर रहेको कुरा गाईघाट दिक्तेल सडक कार्यालयका इन्जिनियर कमलप्रसाद यादवले बताउनुभयो ।
सडक विभागको रु छ करोड १७ लाख ५२ हजारको लागतमा उक्त पुल निर्माण भएको हो भने हाल पुल निर्माण कार्य सम्पन्न भएपछि अब पूर्णरुपमा यातायातसमेत सुचारु गर्न थालिएको छ ।

गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत हालै निर्माण कार्य सम्पन्न भएको उक्त पुल सो सडकखण्डको नै दोस्रो ठूलो पुल रहेको पनि गाईघाट दिक्तेल सडक कार्यालयले बताएको छ ।

यसै सडकखण्डअन्तर्गत पहिलो ठूलो पुल उदयपुर र खोटाङको सिमानामा पर्ने सुनकोशी नदीमा निर्माण कार्य शुरु गरेको पुल भएता पनि अहिलेसम्म सुनकोशी पुल भने निर्माण कार्य पूर्णरुपमा सुचारु हुन सकेको छैन ।रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts