काठमाडौँ, ७ साउन । भोजन नलीको अर्बुद रोगबाट पीडित चित्रकलाकार सुरेन्द्र प्रधानलाई शुक्रबार साँझ चौथो पटक केमोथेरापी(रसायन चिकित्सा) दिइएको छ ।
सर जेजे स्कुल अफ आर्ट, बम्बइ भारतबाट स्नातक बाउन्न वर्षीय प्रधान करिब दुई महिनादेखि नेपाल क्यान्सर हस्पिटल, हरिसिद्धि ललितपुरमा उपचाररत हुनुहुन्छ । उहाँ चित्रकारितामा घनवाद र दृष्टान्त कलाकारितामा सक्रिय हुनुहुन्छ । उहाँले मुहार चित्रमा पनि विशेष तालिम लिनुभएको छ । “ किमोपछि सुधार भएको महसुुस गरेको छु ” प्रधानले रासससँग भन्नुभयो । उहाँले पाइपबाट नै खाना खाइरहनुभएको छ ।
काठमाडौँ र स्विट्जरल्यान्डमा धेरै पटक एकल चित्र प्रदर्शनी गर्नुभएका प्रधान नेपाल, भारत, बंगलादेश र फ्रान्समा पनि सामूहिक चित्रकलामा सहभागी भइसक्नुभएको छ ।
नेपाल वाटरकलर सोसाइटीका सदस्य प्रधानलाई उपचारमा सहयोगका लागि आधुनिक कलाकार समाज (सोमा), वाटरकलर सोसाइटी, ललितकला हातेमालो अभियान, नेपाल इन्टरनेसन वाटरकलर सोसाइटीलगायतबाट रकम प्रदान भएको सोमाका सदस्य जीवन राजोपाध्यायले जानकारी दिनुभयो । रासस
Friday, July 21, 2017
कलाकार प्रधानलाई चौथो पटक किमो
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment