Saturday, July 22, 2017

डा पोखरेलको ‘दिलचोर’ कविता सङ्ग्रह विमोचन

काठमाडौँ, ७ साउन । व्यवस्थापिका–संसद्, महिला, बालबालिका तथा समाज कल्याण समितिका सभापति रन्जुकुमारी झाले सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

सप्तरी जिल्लाका सांसद, अनुभवी चिकित्सक तथा साहित्यमा रुची राख्नुहुने डा सुबोधकुमार पोखरेलले लेख्नुभएको ‘दिलचोर’ कविता सङ्ग्रहको आज यहाँ विमोचन गर्दै उहाँले चिकित्सा क्षेत्रमा सेवा पु¥याउनुभएका उहाँले कविता संग्रहमार्फत साहित्यमा पनि योगदान गर्नु भएकोमा सराहना व्यक्त गर्नुभयो ।

आफू सानो छँदा राम्रो सेवा दिइरहेको उक्त अस्पताल अहिले दयनीय अवस्थामा पुगेको भन्दै सरकार तथा चिकित्सकलाई अस्पतालको गुणस्तर तथा क्षमता बढाई जनताको सेवामा प्रभावकारी बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।

यस क्षेत्रबाट १७ जना सांसदले प्रतिनिधित्व गरेपनि अस्पतालको विकासमा कसैले ध्यान नदिएकोमा दुःखेसो पोख्दै ‘स्वास्थ्य नै धन हो’ भन्ने उखानलाई मनन गरेर अस्पतालको विकास गरेमा तराईका हजारौँ जनता लाभान्वित हुने बताउनुभयो ।

नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले गीत सङ्गीत क्षेत्रमा अनुसन्धानको कहिल्यै अन्त्य नहुने बताउँदै समाजको लागि राम्रो गर्छु भन्ने भावना राखी सिर्जना गरेको गीत तथा साहित्यले जनताको मन जित्ने बताउनुभयो ।

समीक्षक एवम् चिकित्सक डा भोला रिजालले कविता सङ्ग्रहको समीक्षा गर्दै पहिलो पटक ढाकामा भेट भएका डा सुबोधकुमार पोखरेल राजनीति, साहित्य र पत्रकारितामा पोख्त भएको बताउँदै उहाँको कवितामा हाँसो र दुःखान्तको मिश्रण एवम् विदेशिएका नेपालीको व्यथा झल्किएको बताउनुभयो ।

मुटुरोग विशेषज्ञ डा दामोदर पोखरेलले नेपालमा मुटुरोग एउटा गम्भीर समस्याका रुपमा देखा परेकाले सबैले यसमा विशेष निगरानी राख्नुपर्ने बताउनुभयो ।

लेखक डा पोखरेल, डा छायाँदत्त न्यौपाने, वरिष्ठ साहित्यकार कान्ता गिरीलगायतले पनि कविता सङ्ग्रहबारे टिप्पणी गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts