हेटौँडा, २३ असार । आर्थिक रुपले महिला सशक्त भए मात्र देशले आर्थिक लाभ लिनसक्ने भएकाले महिला उद्यमी बन्न अग्रसर हुनुपर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, महिला उद्यमी समिति तथा मकवानपुर उद्योग वाणिज्य सङ्घ हेटौँडाको संयुक्त आयोजनामा आजदेखि शुरु भएको ‘नेपालको अर्थतन्त्रमा महिला उद्यमीको भूमिका तथा नेपाली महिला उद्यमीको राष्ट्रिय अन्तरक्रिया’ विषयको दुईदिने कार्यक्रमको गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले राज्यको नीति पनि महिला उद्यमीमैत्री हुनुपर्छ भन्नुभयो ।
उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले स्थानीय सरकारका तर्फबाट महिला उद्यमीलाई सहयोग गर्न नगरपालिका तयार रहेको बताउनुभयो । महासङ्घका महासचिव सुरेशमान श्रेष्ठले महिलाको समावेशिता र सबलीकरणबाट राष्ट्रको अर्थतन्त्र उठाउन सकिने भएकाले महिला उद्यमीको भूमिकाबारे छलफल गर्ने तथा महिला उद्यमीको समस्या र अप्ठ्यारा पहिचान गरी आगामी दिनमा लिनुपर्ने कार्यदिशाबारे निर्णय गरिने बताउनुभयो ।
कार्यक्रममा ३५ जिल्लाका महिला उद्यमीको सहभागिता छ । रासस
No comments:
Post a Comment