Thursday, July 27, 2017

दम्पती झुण्डिएको अवस्थामा फेला

बनेपा, १३ साउन । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

बत्तीस वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि मात्रै विवाह भएको थियो भने उनकी जेठी श्रीमती पनि थिइन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts