Friday, July 7, 2017

करेन्ट लागेर महिलाको मृत्यु

इनरुवा, २२ असार । सुनसरी सदरमुकाम इनरुवा–८ डुम्राहामा करेन्ट लागेर बिहीबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५४ वर्षीया सीता उराव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उहाँको घटनास्थलमा नै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts