Saturday, July 1, 2017

त्रिवेणी नगरपालिकामा काँग्रेस विजयी

बाजुरा, १७ असार । त्रिवेणी नगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छ । नगरपालिकामा नेपाली काँग्रेसको समूह विजयी भएको छ । त्रिवेणी नगरपालिकामा नेपाली काँग्रेसका रामसिं रावलले ३३६५ मत ल्याएर विजयी हुनुभएको छ ।

रावलका प्रतिद्धन्द्धी नेकपा एमालेका जङ्गबहादुर बुढाले २१९४ मत ल्याउनु भयो ।

यसैगरी काँग्रेसका उपप्रमुख दलित महिला राधिका सुनारले ३३९२ मत ल्याएर विजयी हुनुभएको छ । भने सुनारका प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वती थापाले २०७० मत पाउनुभएको छ ।

त्रिवेणी नगरपालिकाका– ८ वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ । भने एक वडामा नेकपा (माओवादी केन्द्र)ले जितेको निर्वाचन अधिकृत वासुदेव खनालले जानकारी दिनुभएको छ ।
रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts