नेपाली नेपाली डटकमको तेश्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं जर्मनीका लागि नेपाली राजदुत श्री रमेश प्रसाद खनालले अनलाईन पत्रिकाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले युरोपको नेपाली समाज र यहाँ विकास हुँदै गएको नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न गतिविधिहरु ऋगाडि बढेकोमा खुशी व्यक्त गर्दै यसमा पत्रकारिता जगतको अझ बढी महत्व रहेको बताउनु भयो । त्यसैगरी उहाँले हिजोको जस्तो अवस्था अहिले छैन, अहिलेको अवस्थामा जति सक्दो छिटो हरेक गतिविधि मिडियामा आईरहेको हुन्छ तर मिडियाहरुमा संयमता ल्याउन जरुरी छ र हरेक गतिविधिहरुलाई सुक्ष्म रुपमा हेरेर त्यही रुपमा पत्रकारिताको मर्मभन्दा बाहिर नजानेगरी बाहिर ल्याउनु पर्ने चुनौति छ । नेपालीहरुको डायस्पोरिक इतिहास सबैतिरको लाई समेटेर जोगाउनु पर्ने आवश्यकता छ । डायस्पोरामा म्यानमारमा, अमेरिकाको हवाईमा पनि पाठशालाको अवधारणाको विकास भएको छ भन्दै राजदुत खनालले पाठ्यक्रमका लागि यहीँका वस्तुस्थितिलाई समेत समेटेर नेपाली भाषा, संस्कृति र पहिचानको सम्वद्र्धन र विकासमा जुट्नु पर्छ भन्नुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवाशीय नेपाली संघका अध्यक्ष शेष घलेले पत्रकारिताका माध्यमबाट सिंगो प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको प्रशंशा गर्दै पत्रकारहरुको कलम सदैब तिखारिंदै जाओस् भन्ने शुभकामना व्यक्त गरे । त्यसैगरी शुभकामना सन्देश दिंदै संस्थापक राम प्रताप थापा, उपाध्यक्ष कुमार पन्त, सचिव अर्जुन कुमार श्रेष्ठ लगायतका अतिथीहरुले नेपाली नेपाली डटकमको उत्तरोत्तर प्रगतिको कामना गरे ।
Friday, July 28, 2017
प्रमुख अतिथि राजदुतद्वारा कार्यक्रममा शुभकामना सन्देश
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment