Monday, July 10, 2017

रु पाँच लाखको नोटको खरिद बिक्री

काठमाडौँ, २६ असार । पुराना नेपाली नोटका प्रदर्शनीमा करिब रु पाँच लाख बराबरको नोटको खरिद बिक्री भएको छ ।

नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्णाेत्सवका उपलक्ष्यमा यही असार २३ गतेदेखि नेपाल कला परिषद्मा आयोजना गरेको नेपाली नोटको प्रदर्शनीमा करिब दुई हजार सहभागी भएको जनाइएको छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका नोट प्रदर्शनीमा विसं २००२ मा छापिएका रु ५, १० र १०० तथा त्यसपछि छापिएका नोट राखिएको थियो । पैंसठ्ठी मुलुकका नोट पनि उक्त स्थलमा समावेश गरिएको थियो ।

प्रदर्शनीमा सहभागी मुद्रा सङ्कलक जयहरि झाले सर्वसाधारणलाई पनि नोट जतन गरी सङ्कलन गर्नुपर्ने सुझाव दिँदै त्यसबाट कारोबारसमेत गर्न सकिने बताउनुभयो । सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले नेपालमा विभिन्न समयमा भएका नोटको उत्पादन तथा त्यसको विकास क्रमबारे जानकारी गराउन प्रदर्शनी उपयोगी भएको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts