Saturday, July 1, 2017

गढवा गाउँपालिकामा एमाले विजय

दाङ, १८ असार । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजय भएको छ । एमालेका सहजराम यादव तीन हजार ६३७ मत प्राप्त गरी विजय हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका लुमाकान्त न्यौपानेले तीन हजार ३०४ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा पनि एमालेकै शान्ति चौधरी तीन हजार ५३५ मत प्राप्त गरी विजय हुनुभएको छ । निकटतम प्रतिस्पर्धी काँग्रेसका सकुन्तला डिसीले तीन हजार ४३० मत प्राप्त गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts