धनुषा, २२ असार । जनकपुर अञ्चल बस व्यवसायी सङ्घको आह्वानमा आजदेखि अनिश्चितकालका लागि सार्वजनिक बस सेवा बन्द भएको छ । बन्दका कारण जनकपुरबाट सञ्चालन हुने छोटो तथा लामो दूरीका सबै सार्वजनिक बस सेवा ठप्प भएको छ ।
दुर्घटनामा घाइते भएकालाई क्षतिपूर्ति दिने विषयमा विवाद हुँदा प्रहरीले एक बस व्यवसायीलाई पक्राउ गर्न खोजेको विरोधमा जनकपुर अञ्चल बस व्यवसायी सङ्घले आजबाट बस नचलाउने निर्णय गरेको हो । गएराति १० बजेतिर प्रहरी उपरीक्षकको आदेश छ भन्दै दुईवटा भ्यानसहित पुगेको प्रहरी टोलीले जनकपुर अञ्चल बस व्यवसायी सङ्घका पूर्व अध्यक्ष श्यामसुन्दर चौधरीलाई पक्राउ गर्ने प्रयास गरेको विरोधमा आज (बिहीबार) देखि जनकपुरबाट चल्ने लामो तथा छोटो दूरीका बस बन्द गर्ने निर्णय गरेको सङ्घका कोषाध्यक्ष रुपेश चौधरीले बताउनुभयो ।
गत जेठ २४ गते सर्लाही जिल्लाको लालबन्दीमा २६०१ नंको बस दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा घाइते भएकाहरुलाई क्षतिपूर्ति दिइए पनि थप क्षतिपूर्तिको माग घाइतेले गरिरहेको कोषाध्यक्ष चौधरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएकालाई रु तीन लाख तथा मृत्यु भएकालाई रु पाँच लाखसम्म दिनुपर्ने कानूनी व्यवस्था छ । यता धरपकड बन्द गर्न अदालतले आदेश जारी गरेपनि प्रशासनले अदालतको निर्णय विपरीत पक्राउ गर्न तम्सिएको कोषाध्यक्ष चौधरीको आरोप छ ।
क्षतिपूर्तिबारे ठोस निर्णय नभएसम्म अनिश्चितकालका लागि जनकपुर अञ्चलका सम्पूर्ण सेवा अवरुद्ध रहने सङ्घले जनाएको छ । रासस
Thursday, July 6, 2017
जनकपुरका सबै सार्वजनिक यातायात सेवा ठप्प, यात्री मर्कामा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment