Monday, July 3, 2017

बेपत्ता बालकको शव फेला

वालिङ, १९ असार । आइतबार दिउँसो खोलाले बगाएर बेपत्ता भएका बालक आज मृतावस्थामा भेटिएका छन् ।

स्याङ्जा, डुम्रे भन्ज्याङ नजिकै अँधेरी खोलाले बगाउँदा पर्वत, त्रिवेणी–३ भर्माका देवी भुर्तेलका आठ वर्षीय छोरा मदन बेपत्ता भएका थिए । वडा प्रहरी कार्यालय वालिङका अनुसार बालकको शव चिप्लिएर लडेको एक किमीको दूरीमा भेटिएको हो । शव परीक्षणका लागि वालिङ प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts