सुरुङ्गा (झापा), १९ असार । झापा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण साह निर्वाचित हुनुभएको छ ।
उहाँले चार हजार ३९३ र निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का गजेन्द्र ताम्लीले ३ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा (एमाले)की कुन्ती वुढाथोकी निर्वाचित हुनुभएको छ । उहाँले तीन हजार ८१६ र उहाँकी प्रतिस्पर्धी काँग्रेसकी वसुन्धरा थपलियाले ३ हजार ५७६ मत प्राप्त गर्नुभएको छ । उन्नाइस हजार ५४८ मतदाता रहेको गाउँपालिकामा १४ हजार ९०० मत खसेको थियो । रासस
No related posts.
No comments:
Post a Comment