Saturday, July 8, 2017

कृषि बैंकका कर्मचारी गौडेल चार दिनदेखि बेपत्ता

फलेवास (पर्वत), २५ असार । कृषि विकास बैंक, कुश्मा शाखामा कार्यरत कर्मचारी विगत चार दिनदेखि बेपत्ता हुनुभएको छ ।

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाका दीपेन्द्र गौडेल असार २२ गतेदेखि बेपत्ता हुनुभएको हो । बुधबार साँझ कार्यालयबाट घर फर्किएर खाना खाएर सुतेका गौडेल बिहीबार बिहान ४ बजेदेखि सम्पर्कमा हुनुहुन्न । लामो समयदेखि बैंकमा कार्यरत गौडेल इमान्दार कर्मचारीका रुपमा परिचित रहनुभएको थियो । बैंकमा लेखापाल पदमा कार्यरत उहाँ सम्पर्कविहीन हुनुको कारण भने पत्ता लागिसकेको छैन ।

चार दिनसम्म पनि सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अपिल गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, पर्वतले गौडेल बेपत्ता भएको र खोजी गरिदिने भन्दै कुनै पनि जानकारी र निवेदन नआएको बताएको छ ।

गौडेलका छोरा दिपेश गौडेलले आफ्नो फेसबुक पेजमार्फत आफ्ना पिता दीपेन्द्रशर्मा गौडेलको अवस्था अज्ञात रहेकाले खोजी गरिदिन आग्रह गर्नुभएको थियो ।

विगत एक महिनाअघि बेपत्ता भएर कालीगण्डकीमा मृत भेटिएका शिक्षक नारायण पौडेलको घटना सेलाउन नपाउँदै पुनः गौडेल बेपत्ता हुनु भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts