Wednesday, July 5, 2017

आन्तरिक विवादका कारण राजपाको दल दर्ता हुन सकेन

काठमाडौँ, २१ असार । राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आज दल दर्ताका लागि तयारी गरे पनि आन्तरिक विवादका कारण दर्ता हुन सकेन ।

पार्टीको विधान र घोषणापत्र टुङ्गो लागे पनि अध्यक्ष मण्डलका सदस्यबीच विवाद कायमै रहेका कारण आज दर्ता हुन नसकेको बुझिएको छ ।

“अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारी र महेन्द्र राय यादवले दल दर्ताका लागि हस्ताक्षर गरिसक्नुभएको छ, पाँच जनामध्ये अन्य सदस्यले अहिलेसम्म किन गर्नुभएको छैन, त्यो उहाँहरूलाई नै सोध्नुपर्छ”– महासचिव केशव झाले भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts